बाढी प्रभावित क्षेत्रमा काम अघि बढाउन उर्जामन्त्री श्रेष्ठको निर्देशन

  ।   १ भाद्र २०७८, मंगलवार २१:४०

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा तत्काल काम अघि बढाउन माताहतका कार्यालयलाई निर्देशन दिएका छन । जुम्लाको पातारासी गाउँपालिका ३ छुमगाउँ बाढीपहिरोबाट निकै प्रभावित भएकोले काम अघि बढाउनको लागि निर्देशन गरेका हुन ।
प्रभावित क्षेत्रको अवलोकन गरेर सदरमुकाम खलंगा फर्किसकेपछि कार्यालय प्रमुखलाई बोलाएर तत्काल काम अघि बढाउन निर्देशन दिएको मन्त्रीका स्वकीय सचिव महेन्द्र कार्कीले जानकारी दिए । जलस्रोत तथा उर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठलाइ बोलाएर तत्काल प्राविधिक पठाएर कामअघि बढाउन निर्देशन गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
उनले भने,’बाढीपहिरोले प्रभावित बनाएको क्षेत्रमा तत्काल गर्नु पर्ने काम अघि बढाउनको लागि निर्देशन दिएको छु । तटवन्ध बनाउने, पुलपुलेसा हालेर आवतजावत गर्न सहज गर्ने र पिसानीको लागि घट्टको विकल्प खोज्न भनिसकेको छु । अव प्रक्रिया अघि बढ्छ । बाढी प्रभावितको न्युनतम आवश्यकता पुरीपुर्ति हुन्छन । ’
एक दुई दिन भित्र प्राविधिक टोली पुगेर काम अघि बढाउनेछन । जिल्ला कार्यालयले गर्न नसकेको काम जलस्रोत तथा उर्जा विकास मन्त्रालय गर्न तयार छ । यसको जम्मेवारी म आफै लिनेछु । मन्त्री श्रेष्ठले थपे,‘काम गर्दा अपुग हुने बजेटको व्यवस्थापन मैले व्यवस्थापन गर्छु । यो क्षेत्रको बिषयमा विशेष निर्णय हुनेछ । ’
मंगलबार बसेकोे विपद व्यवस्थापन समितिको बैठकमा समेत बाढी प्रभावित क्षेत्रको बिषयलाई गम्भीर रुपमा लैजानको लागि मन्त्री श्रेष्ठले निर्देशन गरेको स्वकीय सचिव कार्कीले बताए । उनले जिल्ला भर भएको विपदको घटनाको पहिचान गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । एक अर्को प्रसंगमा उनले छिटो भन्दा छिटो राष्ट्रिय प्रसारणलाइन गाउँबस्ती सम्म विस्तार गर्न आग्रह गरेका थिए । उनले लाइन विस्तारमा देखिएको बजेट अभावको पुर्ति गर्न कर्णाली सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री श्रेष्ठ बुधबार सिँजा क्षेत्रको बाढी प्रभावित क्षेत्रमा अवलोकन गर्ने तयारी भइरहेको छ । उनले भने,‘बाढीपहिरोले तत्काल पुर्याएको क्षतिको बारेमा जानकारी लिन्छु । समस्या समाधानको लागि पहल गर्छु । ’ बाढी प्रभावित क्षेत्रका जनताले तत्काल समस्या समाधान गर्न आग्रह गरेका थिए । उनलाइ गाउँगाउँमा भव्य स्वागत गरेका थिए । यसअघि मन्त्री श्रेष्ठले कालिकोट जिल्लाको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर जानकारी लिएका थिए ।

Next Post

जुम्लामा धार्मिक मेला बन्द,राजनीतिक मेला खुला

१ भाद्र २०७८, मंगलवार २१:४०
जुम्लामा धार्मिक मेला पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रण गर्न सबै प्रकारका धार्मिक मेला पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण कर्णालीको सबैभन्दा लामो जात्रा गत बर्ष पनि जुम्लामा हुन सकेन […]