सदनबाट विश्वासको मत लिन्छु – मुख्यमन्त्री शाही

  ।   ४ चैत्र २०७७, बुधबार १९:१७

सुर्खेत । प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ ।

एमालेको सो निर्णयमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले सदनबाट विश्वासको मत लिने बताएका छन् ।

‘लोकतन्त्रमा समर्थन दिने, लिने कुरा सामान्य हुन् । उहाँहरूले समर्थन फिर्ता लिएको खण्डमा म सदनबाट विश्वासको मत लिन्छु,’ उनले भने, ‘त्यसका लागि हामी मानसिकरुपमा तयार छौं ।’

एमालेले भोलि चैत ५ गतेबाट लागू हुने गरी सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमालेको संसदीय दलका नेता यामलाल कँडेलले आफ्नो पार्टीले समर्थन झिकेसँगै सरकार कामचलाउमा परिणत हुने बताएका छन् ।

Next Post

समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश

४ चैत्र २०७७, बुधबार १९:१७
सुर्खेत । नेकपा एमालेको संसदीय दलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश भएको छ । प्रदेश प्रमुखको कार्यालयले समर्थन फिर्ताको पत्र पेश भएको जनाएको हो । बुधबार नेकपा एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । प्रदेश […]

सम्बन्धित