दसैंमा गाउँका सडक खोल्दै गुठिचौर

  ।   १३ आश्विन २०८०, शनिबार ११:३९

,जुम्ला ।
जुम्लाको गुठिचौर गाउँपालिकाले दसैं तिहारलाई मध्येनजर गर्दै गाउ‘का सडक खोल्न थालेको छ । पालिका भित्र रहेका २३ गाउँका सडकहरु सञ्चालनमा ल्याइने भएको हो । पालिका भित्रका ५ वडाका २३ गाउँ सडकले जोडिसकेका छन । तर बर्षायामको बाढी र पहिरोले बिग्रेर सवारी साधन चल्न सकेका छैनन् ।
गाउ‘पालिका अध्यक्ष दानबहादुर बुढाले सडकका खाल्डाखुल्डी पुर्ने,बाढीपहिरोले सॉघु्रिएका सडक फराकिलो बनाउने र हरेक बस्ती सम्म सवारीसाधन सहजै रुपमा पुग्ने सडक बनाउन थालिएको बताए ।
सडकको ग्राभेल गर्ने,नाला बनाउने काम पनि एकसाथ भइरहेको अध्यक्ष बुढाले बताए । जसका लागि अध्यक्ष बुढा आफै खटिएका छन । दुई साता भित्र हरेक बस्तीमा एम्बुलेन्स पुग्ने,दमकल गुड्ने र मालबहाक तथा यात्रुबहाक गाडीहरु गाउ‘मा पुग्ने गरेर काम भइरहेको उनको भनाइ छ ।
ग्रामिण सडक मर्मतको लागि दुई ट्याक्टर जिल्ला दररेटका आधारमा र पालिकाको डोजर परिचालन गरिएको छ । गुठिचौर ४ खल्लाबाडा देखि ग्रामिण सडक स्तरउन्नतीको काम सुरु गरिएको हो । शुक्रबार दानसॉघु देखि गोरुओढार सम्मको सडक मर्मतको काम भइरहेको छ ।
सडक जनसरोकार संग जोडिएको कुरा हो,अध्यक्ष बुढाले भने,’‘आफै डोजर लिएर गाउ‘मा पु्गिरहेको छु । सुरक्षित गुठिचौर अभियान अन्र्तगत सडक मर्मत पनि महत्वपुर्ण पक्ष हो ।
विहान ७ बजे देखि रातिको ८ बजे सम्म सडकमा काम भइरहेको छ । पालिकाले जन सरोकार संग जोडिएको काममा जिम्मेवारपुर्वक कार्य गरिरहेको गुठिचौर ४ प्याकुरेबाडाका उदयचन्द्र प्याकुरेलले बताए । उनले भने,’‘दसैंमा अधिकांसले गाडी गाउ‘मै पुर्‍याउन चाहन्छन् । मोटरसाइकल घरमै लिन चाहन्छन् । तर सडक बिग्रदा गाउ‘ लैजान सकिने हुदैन्,उनले भने,‘यो पटक पालिकाले सडक बनाएर गाउ‘मै गाडी पुर्‍याउने अवस्था सिर्जना गरेको छ । यो हरेक पालिकाबासीको लागि राम्रो हो ।’
अधिकांस गाउ‘ जुम्ला डोल्पा सडक अन्र्तगत पर्ने भएकोले १५ गतेदेखि सडक मर्मतको काम थाल्न समेत सडक डिभिजन कार्यालयलाई भनिएको पालिका अध्यक्ष बुढाले बताए । दसैंमा अधिकांस गुठिचौरबासी बाहिर जिल्लाबाट भित्रिन्छन् । पर्यटकीय गन्तब्य गुठिचौर नै पालिका भित्र पर्ने भएकोले पर्यटकहरु आवागमनको लागि सहज हुने अपेक्षा गरिएको छ । गुठिचौरको सडक हुंदै आन्तरिक तथा बाह्य पर्यटकहरु डोल्पाको से फोक्सुण्डो जान चाहन्छन् । जसका लागि सडकहरु धमाधम मर्मत भइरहेका हुन ।
यसअघि मदिरा सेवन गर्न र बेच्न अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था गरेपछि गुठिचौर शान्त छ । अब हरेक बस्ती जोड्ने सडक सुरक्षित बनाउने अभियान सुरु भइसकेको पालिकाले जनाएको छ । पालिकाले दसैको अवसरमा सडक खुलाउने गरि थालेको कामको चौतर्फी प्रसंसा भइरहेको छ ।

Next Post

दिगो विकासका लागि शिक्षामा लगानी आवश्यक: मन्त्री पोखरेल

१३ आश्विन २०८०, शनिबार ११:३९
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गराज पोखरेलले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। उनले सामुदायिक विद्यालयको स्तर वृद्धि सँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिए। जुम्लामा विद्यालयहरुको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी कार्यक्रममा सहभागी भएका मन्त्री पोखरेलले बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षकहरूलाई आग्रह […]

सम्बन्धित