ऊर्जामन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण

  ।   १४ बैशाख २०७८, मंगलवार १७:०५

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो।

मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उनकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो। हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ। अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उनलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ। गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौंँ आएपछि उनलाई कोरोनाको लक्षण देखा परेको थियो।

Next Post

जुम्लामा बैशाख १५ देखि विद्यालय बन्द गरिने

१४ बैशाख २०७८, मंगलवार १७:०५
कोराना संक्रमणको दर तीब्र रुपमा बढिरहेको बेला जुम्लामा यही बैशाख १५ देखि विद्यालय बन्द गर्ने निर्णय भएको छ । यहाँ रहेका सरकारी, सामुदायिक,नीजि विद्यालय बन्द गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण हुन नदिनको लागि बैशाख १५ देखि विद्यालय […]

सम्बन्धित