जुम्लामा स्वास्थ्य बाहेक सबै सेवा ठप्प

  ।   १ जेष्ठ २०७८, शनिबार २१:१६

जुम्लामा दोस्रो चरणको निषेधाज्ञा शुरु भएको छ । शुक्रवार कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाले जिल्ला सुरक्षा समितिलाई १० दिन कडा निषेधाज्ञा जारी गर्न सिफारीस गरेपछि दोस्रो चरणको निषेधाज्ञा शुरु भएको हो ।
यसअघि बैशाख २३ गतेदेखि ३१ गते सम्म निषेधाज्ञा गरिएको थियो । दोस्रो पटकको निषेधाज्ञा शनिवार दिउँसो १२ बजेदेखि लागु हुने गरि जेठ ११ गते सम्मका लागि गरिएको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण फैलन नदिको लागि निषेधाज्ञा बाहेकको विकल्प नभएको निष्कर्ष निकालेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँले जानकारी दिए ।
दिउँसो १२ बजे देखि सदरमुकाम खलंगा र ग्रामिण बजारमा रहेका मेडिकल सेवा बाहेक सबै सेवा ठप्प छन । सडकमा सवारीसाधन चलेका छैनन । अति जरुरी यात्रा गर्नु पर्ने सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले पासको व्यवस्था गरेको छ । प्रशासन कार्यालयबाट पास लिइएका सवारीसाधन मात्र चल्न पाउने भएका छन ।
निषेधाज्ञा अवधि भर सञ्चालन हुने सरकारी तथा निजि सवारी साधनले अनिर्वाय रूपमा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट सवारी पास लिएर मात्र सञ्चालन गर्नु पर्ने उनले बताए । कोभिड–१९ को तिव्र संक्रमण बढेको र जनसमुदायको लापरवाही बढेकोले निषेधाज्ञा जारी गर्नु परेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
कोरोना संक्रमण फैलन नदिको लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको पुर्ण पालना गर्ने जुम्लाबासीले जनाएका छन । यो बीचको समयमा जनस्वास्थ्य सेवा कार्यालय जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर परिक्षण र एन्टीजेन परिक्षणको लागि दायरा बढाउनेछन ।
हरेक स्थानीय तहले न्युनतम ५० बेडको आइसोलेसन निर्माण गर्नुपर्नेछ । ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनु पर्ने बैठकले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले निषेधाज्ञाको पुर्ण पालना गर्न आग्रह गरेका छन ।
उनले भने,‘कोरोना संक्रमणको दर तीब्र रुपमा बढिरहेको छ । घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउने,सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्दै नियमित रुपमा सावुनपानीले हात धुने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने बिषयमा चनाखो रहन अपिल गरिएको छ । ’
अहिले पहिलो चरणको कोरोना संक्रमणका बेला स्थानीयतहमा बनेको क्वारेन्टिन,आइसोलेसन बेडको प्रयोग हुन सकेको छैन । कोरोना संक्रमणका फैलिएको लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मी संग आवश्यक परामर्श लिन आग्रह गरिएको छ ।

Next Post

स्थानीय स्तरमा स्वास्थ्य पुर्वाधार कमजोर हुँदा कडा निषेधाज्ञा : प्रजिअ थापा

१ जेष्ठ २०७८, शनिबार २१:१६
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले स्थानीय स्तरमा कमजोर स्वास्थ्य पुर्वाधारका कारण कडा निषेधाज्ञा जारी गर्नु परेको बताएका छन । उनले निषेधाज्ञाको पालना गरेर कोरोना संक्रमण फैलन नदिनको लागि सचेत रहन आग्रह गरेका हुन । विभिन्न कठिनाइका बाबजुद जुम्लाबासीले देखाउनु भएको धैर्यता र आत्मअनुशासन निरन्तरताको अपेक्षा गरेका छौँ,प्रमुख जिल्ला अधिकारी […]