कर्णालीको मनमोहक पर्यटकीयस्थल गुराँसे भ्युटावर (फोटो फिचर)

  ।   २६ पुष २०७७, आईतवार १०:४१

दैलेख : दैलेख र सुर्खेत जिल्लाको सिमानामा पर्ने गुराँस गाउँपालिका–५ को रानीमत्तामा बाह्रै महिना ढकमक्क गुराँस फुलिरहेको देखिने गुराँसको भ्युटावर अहिले पर्यटकको केन्द्रबिन्दु बनेको छ।

कर्णालीको मनमोहक पर्यटकीयस्थल रारा, दैलेखको पञ्चकोशी क्षेत्र लगायतका स्थानहरूमा आउने आन्तरिक तथा ब्राह्‍य पर्यटकले गुराँसेको भ्युटावरलाई महत्वका साथ अवलोकन गर्ने गरेका छन्।

गुराँसे भ्युटावरबाट नेपालगञ्‍ज बर्दियासम्मको दृश्यावलोकन गर्न सहजै पाउने भएपछि आन्तरिक तथा ब्राह्‍य पर्यटकहरूको भिड लाग्ने गरेको भ्युटावरको संरक्षण जिम्मा पाएको स्थानीय सरस्वती सामुदायिक वनका अध्यक्ष निराजन विसीले बताए।

शनिबारबाहेक अन्य दिनहरुमा भ्यूटावरको अवलोकन गर्न २ सय बढी आन्तरिक तथा बाह्‍य पर्यटक अवलोकन गर्न आउने गरेको शनिबारको दिन ८ सय भन्दा बढी पर्यटक उक्त भ्युटावरको अवलोकनमा आउने गरेको उनले बताए।

उक्त गुराँसे भ्युटावरको निर्माण कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय दैलेखले ७५ लाखको लगानीमा निर्माण गरेको डिभिजन वन कार्यालय दैलेखका योजना अधिकृत नमराज पौडेलले जानकारी दिए।

यस्तै मंसिर १६ देखि भ्यूटावर अवलोकन गर्न आउने पर्यटकबाट प्रवेश शुल्क उठाउँन थालेसँगै एक महिनाको अवधिमा १ लाखको हारा–हारीमा अर्थिक संकलन भएको र भ्यूटावर अवलोकन गर्न जाने पर्यटकलाई प्रति व्यक्ति २० रुपैयाँ शुल्क तोकिएको वन समितिका अध्यक्ष विसीले बताए।

प्रशस्त मात्रामा गुराँस पाइने यो क्षेत्रमा गुराँसको कृत्रिम आकृतिको रुख निर्माण गरिएपछि यहाँको शोभा झनै बढ्दै गएको छ।

Next Post

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

२६ पुष २०७७, आईतवार १०:४१
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको जारी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे बमोजिम हिउँदे अधिवेशन अन्त्य भएको हो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जारी हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्। दुईवटा अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा धेरै हुन नहुने संवैधानिक बाध्यताका कारण सरकारले […]

सम्बन्धित