ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीलाई प्रहरीको लाठी र अश्रुग्यास

  ।   २६ पुष २०७७, आईतवार २०:५०

ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा झडप भएको छ । सो क्रममा दुई विद्यार्थी घाइते भएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ साढे सात बजे झडप भएको हो । ज्ञापनपत्र बुझ्न नमानेपछि गेटमै धर्नामा बसेका विद्यार्थीहरु हटाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको थियो ।
प्रहरीको लाठीबाट स्ववियू सदस्य
रोशन बस्नेत र तर्कबहादुर शाही घाइते भएका छन् । घाइतेहरुको माया नर्सिङ होममा उपचार भइरहेको छ । स्ववियू सभापति झक्कु शाहीले ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीमाथि उपकुलपतिको निर्देशनमा प्रहरीले कुटपिट गर्नुका साथै अश्रुग्यास प्रहार गरेको बताए ।

उनका अनुसार आइतबार विहान ११ बजे विद्यार्थीहरु ज्ञापनपत्र बुझाउन केन्द्रीय कार्यालय पुगेका थिए । ‘उपकुलपतिले ज्ञापनपत्र बुझ्न नमानेपछि गेटमै धर्नामा बसेका विद्यार्थीलाई प्रहरीले कुटपिट गर्नुका साथै अश्रुग्यास प्रहार ग¥यो,’ सभापति शाहीले भने, ‘प्रहरीको कुटाईबाट दुई जना विद्यार्थीहरु घाइते भएका छन् ।’

इन्जिनियरिङ संकायका विद्यार्थीहरु मौका परीक्षा दिन पाउनुपर्ने, नियमित कक्षा सञ्चालन गर्नुपर्नेलगायतका मागसहितको ज्ञापनपत्र बुझाउन गएका थिए ।
प्रहरीले भने उपकुलपतिसहित कर्मचारीहरुलाई विद्यार्थीले केन्द्रीय भवनमै थुनेपछि भीड नियन्त्रण गर्नका लागि सामान्य बल प्रयोग गरेको बताएको छ । ‘बेलुका सात बजेसम्म विद्यार्थीहरुले गेट बन्द गरेर उपकुलपतिसहितका कर्मचारीहरुलाई बाहिर निस्कन नदिएपछि विद्यार्थीहरुलाई हटाउन सामान्य बल प्रयोग गरिएको हो,’ उनले भने, ‘सो क्रममा केही सेल अश्रुग्यास प्रहार गर्नुप¥यो ।

Next Post

कनकासुन्दरीका विकट वडा विभाजनको प्रस्ताव

२६ पुष २०७७, आईतवार २०:५०
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले हिउँदे अधिवेशन गरेको छ । हिउँदे अधिवेसनबाट कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ लाई विभाजन गरिएको छ । भौगोलिक हिसाबले वडा नम्बर ३ विकट भएकाले वडा विभाजनको प्रस्ताव गाउँसभाले पारित गरेको छ । तत्कालको वडा नम्बर ३ लाई दुईवटा वडा हुने गरी विभाजन गरिएको हो । लुम, ओखरपाटा […]