जूम्ला अस्पतालमा दुई सातामा तीन जना संक्रमितको मृत्यु

  ।   ११ जेष्ठ २०७८, मंगलवार १२:३९

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ । कालिकोट तिलागुफा नगरपालिकाका ८० बर्षिय एक संक्रमितको बिहान मृत्यु भएको हो ।
कोभिड अस्पताल कालिकोटमा अक्सिजन अभाव भएपछि निज संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरिएको थियो ।कर्णाली अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
यसै साता सुर्खेत घर भई कालिकोटमा व्यवसाय चलाउदै आएका ३८ बर्षिय एक युवकको मृत्यु भएको थियो । भने अघिल्लो साता कालिकोट तिला गुफा नगरपालिकाका ६७ बर्षिय संक्रमितको मृत्यु भयो । यो संगै जुम्ला अस्पतालमा दुई साताभित्र तीन जना संक्रमितको मृत्यु भएको हो ।
कोरोना संक्रमण भएर गम्भीर बिरामीपरेका उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरेर भेन्टिलेटरमा उपचार भइराखेको थियो । अहिले एक जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइराखेको  छ ।
प्रवक्ता रमेश भट्टराईले जुम्ला अस्पतालमा उपचार गराइरहेका संक्रमितको मृत्यु हुने क्रम जारी रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न जुम्लाबासीलाई आग्रह गरे ।
मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई हस्तान्तरण गरिसकिएको अस्पतालले जनाएको छ ।

Next Post

डिसीसीएमसीको प्राथमिकतामा ‘मास टेस्टिङ’

११ जेष्ठ २०७८, मंगलवार १२:३९
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जुम्लामा मास टेस्टिङलाई प्राथमिकता दिने भएको छ । यहाँका सबै स्थानीय तहमा कृषि कर्म लगायत अन्य गतिविधि सञ्चालन गर्नु पर्ने भएकोले मास टेस्टिङका लागि तत्काल आरडिटी र एन्टिजेन खरिद गर्ने निर्णय गरेको हो । तत्काल यहाँका सबैको कोरोना परिक्षण हुन आवश्यक भएकोले […]