कर्णालीमा थप १० जना कोरोना संक्रमितको मृत्यु

  ।   ९ जेष्ठ २०७८, आईतवार २०:५९

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर थप १० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

डा. खड्काका अनुसार मृतकमध्ये सुर्खेतका चार जना, सल्यानका तीन जना, दैलेख, डोल्पा र जुम्लाका एक/एकजना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशभर आइतबार २४९ जनाको पीसीआर परिक्षण गर्दा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ७११ जनाको एन्टिजेन १६० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५१० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

Next Post

जुम्ला अस्पतालमा सुर्खेतका एक कोरोना संक्रमितको मुत्यु

९ जेष्ठ २०७८, आईतवार २०:५९
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुर्खेतका एक संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय जगत बहादुर शाहीको आइतबार विहान कोरोना संक्रमणका कारण मृत्यु भएको हो । १० देखि अस्पतालमा उपचाररथ थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा […]