एमाले कर्णाली अधिवेशन: अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता

  ।   १२ आश्विन २०८०, शुक्रबार १९:४५

कपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ।

शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्षमा उम्मेदवारी दर्ता गर्नेमा गुलावजंग शाह,मीन बहादुर शाही,राजबहादुर शाही र प्रेमबहादुर सिंह रहेका छन्।

कर्णाली अधिवेशनमा आएका ६०४ प्रतिनिधिले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन्।

Next Post

दसैंमा गाउँका सडक खोल्दै गुठिचौर

१२ आश्विन २०८०, शुक्रबार १९:४५
,जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले दसैं तिहारलाई मध्येनजर गर्दै गाउ‘का सडक खोल्न थालेको छ । पालिका भित्र रहेका २३ गाउँका सडकहरु सञ्चालनमा ल्याइने भएको हो । पालिका भित्रका ५ वडाका २३ गाउँ सडकले जोडिसकेका छन । तर बर्षायामको बाढी र पहिरोले बिग्रेर सवारी साधन चल्न सकेका छैनन् । गाउ‘पालिका अध्यक्ष […]