डोल्पाको भेत्तिमा जीप दुर्घटना: नाै जना घाइते, दुईको अवस्था गम्भीर

  ।   ७ कार्तिक २०७८, आईतवार १९:३९

सदरमुकाम दुनैबाट त्रिपुसुन्दरी नगरपालिका ३ सुँपानीतर्फ आउदै गरेको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार ९ जना यात्रु घाइते भएका छन्।

घाइते हुनेहरुमा मकवानपुर जिल्ला हैटौडा नगरपालिका ९ का ३८ वर्षीय विष्णु श्रेष्ठ, ३८ वर्षीय असोक सारुमगर,११ बस्ने २२ वर्षीय बुद्दबिर लामा, ४ बस्ने ३९ वर्षीय सुरेश श्रेष्ठ,४ बस्ने ३८ वर्षीय रमेश गौतम १० बस्ने ३६ वर्षीय शुसिल राज गिरी ९ बस्ने ३१ वर्षीय जिवन शर्मा ७ बस्ने ३८ वर्षीय किरण अधिकारी र चालक ठूलीभेरी नगरपालिका ९ डोल्पाका २० वर्षीय जुनकोष शाही रहेका छन्।

भे १ ज ९७५ नंको बोलेरो जीप ठूलीभेरीनपा ९ स्थित भेत्तिमा स्टेरिङ फेल भई सडकबाट अंदाजी १५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। घाइतेहरु मध्य विष्णु श्रेष्ठ असोक सारुमगर र बुद्दबिर लामाको हात मुख र खुट्टामा गहिरो चाट लाग्नुका साथै उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरुको अवस्था सामान्य रहेको र सबैलाई जिल्ला अस्पताल दुनैमा उपचारको लागि लगिएको बताइएको छ।

Next Post

बाढीले लुटिएको सपना

७ कार्तिक २०७८, आईतवार १९:३९
जुम्ला तिला गाउँपालिका ४ का कर्णबहादुर हमालले जुम्ला जाजरकोट जोड्ने सडक छेउमै घर बनाएका थिए। उनले त्यो टहरामा दैनिक उपभोग्य सामान राखेका थिए। उनको व्यापार आशा लाग्दो थियो। त्यो टहरा संगै उनले मिल खोलेका थिए। त्यो मिलले कुटानी पिसानी देखि काठ चिरानी सम्मको काम गरिरहेको थियो। तर कात्तिक १ गते […]