कालोबजारी रोक्न खलंगा बजारमा अनुगमन

  ।   २५ जेष्ठ २०७८, मंगलवार १०:११

कोरोना भाइरसको कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य बस्तुमा अत्यधिक मुल्यबृद्धि भएको र अखाद्य बस्तु किनबेच भइरहेको उपभोक्ताले गुनासो गरेका छन । खाद्य बस्तु तथा खुद्रा सामाग्रीमा मनपरी मुल्य लिने गरेको गुनासो बढेपछि चन्दननाथ नगरपालिकाले बजार अनुगमन गरेको छ । उपमेयर अप्सरादेबी न्यौपानेको नेतृत्वमा निस्किएको अनुगमन टोलीले होलसेल,खुद्रा पसल र हार्डंवयरमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बजारमा म्याद नाघेको खाद्यन्न सामाग्री किनबेच भइरहेको भेटिएको थियो । कोरोनाका नाममा बढेको कालोबजारी रोक्न र मुल्यमा एकरुपता ल्याउन अनुगमन गरेका थियौँ,उपमेयर न्यौपानेले भनिन्,’‘नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएपछि अनुगमनमा निस्केका थियौँ । कालोबजारी रोक्न र मुल्यबृद्धि रोक्न आग्रह गरेका छौँ । ’
खाने तेल, चिनी,चामल दाल लगायतका दैनिक उपभोग्य बस्तुको मृल्यमा बृद्धी भएपछि नागरिक मर्कामा थिए । कोरोनाका नाममा कृतिम अभाव देखाएर कालोबजारी गर्ने गरेको भेटिएको हो । उपमेयर न्यौपानेले भनिन्,‘बजारमा कालोबजारी नगर्न र मुल्यमा एकरुपता ल्याउन भनेका छौँ । अटेर गरेको खण्डमा कानुन अनुसार अघि बढ्ने छौँ । ’
खलंगामा रहेको ५ वटा ठुला डिलर, तरकारी पसल , र हार्डवयर पसल अनुगमान गरिएको थियो । अनुगमनको क्रममा व्यापारी अनुशासित भेटिएनन । उद्योग बाणिज्य संघका पदाअधिकारीले नै म्याद सकिएको सामान बेच्ने गरेको भेटियो । उपमेयर न्यौपानेले थपिन,‘उपभोक्ताको हकहितलाई मध्येनजर गर्दै अखाद्य बस्तुको किनेबेच बन्द गर्नुपर्छ । अनुगमनमा निस्केको टोलीलाई राजनीतिक पुर्वाग्राहबाट हेरिनु हुदैन् । ’
कतिपय ब्यापारीले म्याद नाघेको सामान जफत गर्न खोज्दा अनुगमन समिति आइलाग्ने गरेको अनुगमन समितिले जनाएको छ । डिलरहरु मुल्यमा एक रुपता भएको बताउँछन । तर खुद्रा व्यापारी डिलरले महंगोमा बेच्ने गरेकोले महंगोमा उपभोक्तालाई बेच्नु परेको बताउँछन । होलसेल व्यापारी र खुद्रा ब्यापारी बीचको तालमेल नमिलेको भेटिएको थियो ।
डिलरमा खाने तेल बाहेकको मुल्य बृद्धि भएको छैन । चामल चिनी र ध्रुम्रपान तथा सुर्तिजन्य पदार्थको मुल्य बढेको छैन । अनुगमनका क्रममा बिपिन टेड्रस जुम्लाबाट ४४ वटा म्याद गएको इनामेल बरामद गरिएको थियो ।

कैलाश जनरल स्टोरबाट एक डिब्वा इनामेल,जुम्ला हार्डहेयरबाट म्याद गएको सामा बरामद गरिएको थियो । चिउरा र भुजी पनि बरामद गरिएको छ । कोरोना महामारीले नागरिक आक्रान्त भइरहेको बेला ब्यापारी मनपरी गर्न थालेको स्थानीय बताउँछन ।
कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कार्वाही गर्छौँ । कोरोना महामारीको दोस्रो लहरको जोखिम भएको बेला बजारमा दैनिक उपभोग्य बस्तुमाथि कृत्रिम अभाव गराउनु मिल्दैन । कालोबजारी हुने काम रोक्न पहिलो पटक अनुगमन गरेको उपमेयर न्यौपानले बताइन् ।
अनुगमनमा अनुगमन समितिका संयोजक न्यौपाने, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, उपभोक्ता हकहित संरक्षण मञ्च, खाद्यप्रबिधि तथा गुणनियन्त्रण कार्यालयका प्रतिनिधि सहभागि थिए । यो अनुगमन शुरुवात भएको र अझौ पनि कृत्रिम अभाव सिजना गरेको, बढी मूल्यमा बेचेको पाइएमा तत्काल कानुनी दायरामा ल्याईने भएको हो ।

Next Post

हिमशिखर माविमा लगातार तीन पटक चोरी, दुई चोर प्रहरी नियन्त्रणमा

२५ जेष्ठ २०७८, मंगलवार १०:११
जुम्लाको तातोपानी गाउँपालिका २ मा रहेको हिमशिखर माविमा तोडफोड संगै चोरी गर्ने दुइ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तातोपानी ६ का २३ बर्षिय हरिदत्त बुढ्थापा र १७ बर्षिय हस्त खड्का रहेका छन । सोमबार राति १२ बजेतिर विद्यालयमा तोडफोड र चोरी भएको थियो । चोरी गरिरहेकै अबस्थामा विव्यस […]