सहमतिमै नेतृत्व छनोट गर्ने प्रयासमा जुम्ला कांग्रेस

  ।   २२ असार २०७८, मंगलवार १९:५४

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी साउन दोस्रो सातादेखि सुरु हुने भएको छ । महाधिवेशनको मिति तोकिएसँगै जिल्ला स्तरमा पनि महाधिवेशनको सरगर्मी बढेको छ । यतिबेला पार्टीमा नेतृत्व छनोटदेखि महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने दोहोरो चुनौती पनि छ । तथापी वडास्तर केन्द्रका विभिन्न कमिटीहरु आसन्न महाधिवेशनलाई सफलता पूर्वक सम्पन्ने गर्ने तयारीमा जुटेको नेपाली कांग्रेस जुम्लाका पार्टी सभापति दिप बहादुर शाहीले बताए ।

उनका अनुसार जुम्लामा साउन १२ गतेबाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया शुरु हुने छ । साउन १२ गते वडा कमिटीको अधिबेशनबाट प्रतिनिधि छनोट शुरु भएर,पालिका,जिल्ला,क्षेत्रिय हुँदै केन्द्रिय महाधिवेशन हुने भएको छ । उनले भने, “धेरैले नेतृत्वमा आउन आफ्नो इच्छा व्यक्त गरेको पनि सुनिएको छ ।

तर कुनै आधिकारिक भने छैन । हाल महाधिवेशन तयारीका लागि क्रियासिल सदस्यको नाम पठाउने काम भइरहेको छ । तर अन्य भन्दा जिल्लाको महाधिवेशनमा धेरैको आकांक्षा देखिन्छ । अहिले नै प्रतिनिधिको आधिकारीक टुंगो लागेको छैन । संगठन, पार्टी र जनताको सेवाका लागि खट्ने, समय दिन सक्ने र संगठन विस्तार गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनु पर्छ भन्ने मान्यता मेरो छ । तर सजिलै प्रतिनिधि छनोट हुने अबस्था छैन ।”

महाधिवेशन पदाधिकारी २५ पदाधिकारी २४ र क्षेत्रिय प्रतिनिधि ३२ जना गरी करिब ८० देखि ८५ जनालाई छनोट गर्नुपर्ने छ । व्यक्तिका आकांक्षासँगै पार्टीभित्र गुट उपगुटपनि व्यापक छ । “मेरो मान्यता र कसरत पनि गुटउपगुट गर्नुभन्दा सहमतिकै आधारमा नेतृत्व छनोट गर्नुपर्छ भन्नेमा जुटेको छ । सबैले अबसर पाउने गरी पार्टी संगठन जोगिने गरी गुटको राजनीति भन्दा माथि उठेर महाधिवेशन सुसम्पन्न गर्नुपर्छ भन्ने प्रयासमा छु । वर्तमान पार्टी सभापतिको हैसियले पनि नेतृत्व छनोट भन्दा पनि महाधिवेशन सम्पन्न गर्नतर्फ ध्यान केन्द्रित छ,” शाहीले भने ।

सबै पक्षसँग सहमतिका छलफल जारी राखेको उनले बताए । “एउटा वडाबाट मात्रै १६ जना प्रतिनिधि छनोट गरेर ल्याउनु पर्ने छ । जुम्लामा पनि शेरबहादुर देउवा र रामचन्द्र्र पौडेल पक्षधर बीच गुटउपगुटको राजनीति चलिरहेको छ । महाधिवेशनमा सहमतिको नेतृत्व हुन सकेन भन्ने आसन्न निर्वाचन पनि प्रभावित हुन सक्ने देखिन्छ । त्यसैले देशको वर्तमान राजनीतिक अस्थिरतालाई पनि मध्यनजर गर्दै देशकै नमुना सन्देश दिनका लागि चुनाव गर्नुभन्दा सहमतिकै आधारमा १४ औं महाधिवेशनबाट नेतृत्व छनोट गर्ने प्रयासमा छु,” शाहीले भने ।
आफू फेरी दोहोरीने पक्षमा नरहेको उनले बताए । “उपसभापति, कार्यबाहक सभापति हँुदै अहिले सभापतिमा कार्यरत छु । अरुलाई अबसर दिनुपर्छ नेतृत्व आलोपालो नै गर्नुपर्छ भन्ने मनसाय मेरो छ । तर पनि पार्टीबाट सभापतिमा दोहोरिन दबाब आएमा सोच्नै पर्छ । नत्र म नेतृत्व हस्तान्तरण नै गर्नुपर्छ भन्नेमा छु,” उनले भने ।कारोबारमा जुम्लाबाट सागर परियारले लेखेका छन । 

Next Post

कोरोना रोकथाम तथा नियन्त्रण गर्न लाखौँको स्वास्थ्य सामाग्री हस्तान्तरण

२२ असार २०७८, मंगलवार १९:५४
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तीन स्थानीयतहमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लाखौँको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । जिल्लाको हिमा,सिँजा र कनकासुन्दरी गाउँपालिकामा साँझेदारी सहयोग केन्द्र पेस नेपाल र प्लान इन्टरनेशनल नेपालले ४० लाख ७९ हजार १ सय ३१ रुपैयाँ बढिको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । दोश्रो […]

सम्बन्धित