काँग्रेस जिल्ला सभापतिमा आधा दर्जन आकाँक्षी,दौडधुप शुरु

  ।   २० भाद्र २०७८, आईतवार १२:२१

नेपाली काँग्रेस जुम्लाको जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकाँक्षी देखिएका छन । उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेता संग लबिङलाई तीब्रता दिएका हुन । वडा,गाउँपालिका र प्रदेश क्षेत्र स्तरीय समितिमा आफ्नो पकड कायम राख्न लागि परेको काँग्रेसले जनाएको छ ।

यो पटकको अधिवेशनमा पुरानै सभापति दीपबहादुर शाहीले दोहारीने इच्छा राखेका छन । पौडेल पक्षले शाहीलाई एकल उम्मेदवारको रुपमा उभ्याइसकेको छ । उनी पौडेल पक्षबाट एकल उम्मेदवार हुनेछन । यता पार्टी सभापति देउवा प्यानलबाट चार जना आकांक्षी देखिएका छन ।  सचिव कर्णबहादुर शाही,खड्कबहादुर सेजुवाल,भक्तबहादुर रोकाया र कान्तिका सेजुवाल आकांक्षी देखिएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ । आकांक्षी धेरै देखिएपनि अन्तिममा सभापति शाही र सचिव शाही नै भिड्ने भएका छन । अहिले दुबै पक्षले कार्यकर्ता भेटघाटलाई तीब्र पारेका छन ।

पौडेल पक्ष निकटले पार्टी सचिव कर्णबहादुर शाही पर्यटक नेता भएको भन्दै स्वीकार्न नसक्ने बताउँदै आएको छ । उनी सचिव भइसकेपछि जिल्ला बसेनन ।  जुम्लामै रहने नेता कार्यकर्ताले काठमाण्डौँमै बसेर नेताको वरिपरि घुमेर पर्यटक नेताका रुपमा अधिवेशनमा नेतृत्व दाबी गर्न आएकोले यो निरन्तर पार्टीको काममा लागेका नेता कार्यकर्तालाई निरुत्साहित बनाउने कार्य भएको बताउँदै आएका छन ।

यहाँ दिनरात पार्टी भनेर काम गरिरहने कार्यकर्ता मर्कामा पर्ने उनीहरु बताउँछन । खड्कबहादुर सेजुवाल,भक्तबहादुर रोकाया र कान्तिका सेजुवालको दाबी पनि कर्णबहादुर शाहीकै पक्षमा हुने देखिएको छ । जिल्ला सभापतिको आकांँक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसहमतिय नेतृत्व चयनका लागि दबाव दिन थालेका छन । कार्यकर्ताले दीपबहादुर शाही र कर्णबहादुर शाही दुबै आफ्नो कार्यकालमा सन्तोषजनक कार्य नगरेको भन्दै असन्तोष पोल्न थालेका छन । यी दुबै आकांक्षी उस्तै हुन । तर तुलनात्मक रुपमा दीपबहादुर शाही जुम्लामै रहेर काम गरेकोले कार्यकर्ताले बढि मानिरहेका छन ।

तत्कालिन काँग्रेस सभापति मानव सेजुवालको निधन पछि शाहीले कार्यवहाक सभापतिको रुपमा पार्टी चलाउँदै आएका थिए । यो दुई कार्यकाल वितिसकेकोले सभापति शाहीले नयाँ व्यक्तिलाई अवसर दिनु पर्ने कार्यकर्ता बताउँछन । सिँजा गाउँपालिका अध्यक्ष तथा काँग्रेस नेता देवलसिंह रावल कार्यकर्ताको मनोभावना बुझ्ने,पार्टीको लागि ज्यान दिने र जनता प्रेमी नेतृत्व अहिलेको आवश्यकता रहेको बताउँछन । उनले भने,‘ सभापतिको लागि जिल्लामा दुइ खेमा देखिन्छ । पार्टीलाई माया गर्ने र संकटमा पार्टी हाक्ने नेतृत्व चयन हुनुपर्छ । सबैको साँझा नेतृत्व अहिलेको अपरिहार्यता हो । ’

 दीपबहादुर शाही जुम्लामै बसेपनि राम्रो काम हुन सकेनन । उनी कार्यकर्ताको मनमुटुमा बस्न नसकेको आरोप छ ।   सचिव शाही काठमाण्डौँ बसेपछि काम गरेनन । यो कार्यकाल उनी कार्यकर्ता बीचमा रहेनन । कार्यकर्ता माझ नहुँने नेताले पार्टीको हीत र प्रगति गर्न सकिदैन भन्ने एकथरीले भनिरहेका छन ।  भर्खरै वडा अधिवेशन सकिएको छ  । वडामा पनि आफ्नो अनुकुलताका आधारमा नेतृत्व चयन गर्ने कार्य भइरहेको छ ।  सभापति दीपबहादुर शाहीले भने,‘ यो पटक पनि म सभापतिको आकांक्षी हो । कार्यकालमा बाँकी रहेका अधुरा काम पुरा गर्नुछ । ’

जुम्लामा काँग्रेस भित्र दुई गुट छ । देउवा गुट भन्दा पौडेल गुट बलियो मानिन्छ ।  उनले भने,‘आशा छ मेरो नेतृत्वमा सहमति जुट्नेछ । यदी त्यसो नभएको खण्डमा पौडेल प्यानलबाट चुनावी पक्रियामा भाग लिएर भएपनि सभापतिमा लड्ने तयारी भइरहेको छ । म त्यो प्यानलको एक्लो उम्मेदवार हुनेछु । साथै नेता कार्यकर्ताको साथ पाउनेछु । ’ उनले जिल्ला अधिवेशनको अन्तिम सम्म सहमतिको अधिकतम प्रयत्न जारी राख्ने बताए । अहिले सभापतिको अर्का आकांक्षी कर्णबहादुर शाहीले पनि तीब्र भेटघाट गरिरहेका छन ।

सभापति शाहीले जुम्लाका आठ स्थानीयतहमा ४ वटा स्थानीयतहमा जीत हासिल गर्नु आफ्नो कार्यकालको महत्वपुर्ण उपलब्धि भएको बताए । ‘म पार्टी सभापति भएपछि थुपै्रै ठाउँमा सरकारमा रहेका कम्युनिष्ट पार्टीमा रहेका कार्यकर्ता प्रवेश गराउन सफल भएका छौँ । स्थानीयतहमा पनि जीत्यौँ । अहिले काँग्रेसको पक्षमा जिल्लाभर माहोल छ । यो माहोल बिग्रन नदिनको लागि एकपटक फेरी मेरो नेतृत्वमा काँग्रेस अघि बढ्नु पर्छ भन्ने मान्यता छ’,उनले भने । ‘सहमति भएपछि काँगे्रसको विधि विधान बमोजिम अघि बढ्छौँ । चुनावी तथा सहमतिय नेतृत्वको दाबी रहिरहन्छ,’उनले थपे ।

अब पार्टी हीतका लागि दिनरात खटिने नेतृत्व चाहिन्छ । पार्टी काममा देखिएको सक्रियता र संधै कार्यकर्ता बीच रहिरहने कार्मा बुढा पनि सहमतिय नेतृत्वका लागि योग्य देखिएको कार्यकर्ता बताउँछन ।  संधै नेता कार्यकर्ता र  जनताबीच घुलमिल गर्न मनपराउने उपप्रमुख बुढा पनि कार्यकर्ताको रोजाइमा छन । दुवै पक्षीय नेतृत्वबीच सहमतिको प्रयास अघि बढ्न नसकेकोमा दुबै पक्षमा मान्य नेतृत्वको रुपमा कार्मा बुढा अघि बढाउनु पर्ने एकथरी नेता कार्यकर्ताको तयारी छ ।

यता पार्टी सचिव समेत रहेका कार्मा बुढाले पार्टीको हीत नै आफ्नो हीत भएकोले सर्वसहमतीय नेतृत्वका लागि अधिकतम प्रयत्न गर्ने बताए । उनले भने,‘पार्टीलाई जीवित राख्न एक नभइ सुखै छन । एकल र सहमतीय नेतृत्व चयनका लाग सबै एकाकार हुनुपर्छ । त्यसको लागि सक्रिय नेता,कार्यकर्ता र समर्थक शुभचिन्तक लागि राख्नुपर्छ । यो अधिवेशन पार्टी सिंगो पार्टी एक भएर अघि बढेको सन्देश फैलाउन जरुरी छ । ’

भदौ २७ गते गाउँपालिका स्तरीय अधिवेशन, असोज १ गते प्रदेश क्षेत्र स्तरीय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुन लागेको छ । नेपाली काँग्रेस भित्र अहिले गुटगत छुट्टाछुट्टै छलफल र बहस शुरु हुन थालेका छन । कार्यकर्ताले जिल्ला अधिवेशन सकिएपछि बिजय हुने महाधिवेशन प्रतिनिधि र जिल्लाका पदाधिकारीहरु राजधानी केन्द्रीत भइ केन्द्रीय नेताको वरिपरि घुम्ने र जिल्लामा रहेका नेता कार्यकर्ताको सुखदुखमा साथ दिने र पार्टी संगठनलाई भुल्ने पद्धतिको विरुद्ध अधिवेशन केन्द्रीत हुनु पर्ने माग राखेका छन । दुबै पक्षले यो अधिवेशन नेतृत्व आफ्नो पोल्टामा पर्ने ठोकुवा गर्न थालिसकेका छन ।

अहिलेका सचिव तथा सभापतिका आकांक्षी कर्णबहादुर शाहीलाई फोन सम्पर्क गर्न खोज्दा फोन लागेन । वडा अधिवेशन सकिएपछि जिल्ला सभापति नेतृत्वका लागि दुवै पक्ष घनिभुत लागिरहेका छन । जुम्लाका एक नगरपालिका सहित ८ स्थानीयतह, ६० वटा वडा छन ।  पार्टीलाइ एक ढिक्का बनाउन सहमतीय नेतृत्वको लागि छलफल चलाउन काँग्रेस कार्यकर्ताले चौतर्फी दबाव दिइरहेको नेपाली काँग्रेस जुम्लाले जनाएको छ ।

Next Post

काँग्रेस अधिवेशन : जुम्लाका अधिकांस वडा युवाको काँधमा

२० भाद्र २०७८, आईतवार १२:२१
जुम्ला,भदौ २०। नेपाली काँग्रेस जुम्लाले जिल्लाका कुल ६० वटा वडा मध्ये अधिकांस वडाको नेतृत्व युवालाई सुम्पेको छ । पार्टीलाई गतिशिल र फरक शैलीले अघि बढाउन युवा नेतृत्व आवश्यक भएकोले अधिकांस वडाको जिम्मा युवाको काँधमा सुम्पिएको हो । अहिले सम्म पाकापुस्ताले काँग्रेस चलाएका थिए । अब युवाको काँधमा नयाँ जिम्मेवारी बोधका […]

सम्बन्धित