एमसिसी उपाध्यक्ष काठमाडौं आइपुगिन्

  ।   २४ भाद्र २०७८, बिहीबार १०:४७

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ।

उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन्।

नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन्। सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।

‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसिसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो।

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन।

Next Post

स्वास्थ्य शिक्षाको हब बन्दै जुम्ला

२४ भाद्र २०७८, बिहीबार १०:४७
दशक अघि सम्म कर्णालीमा डक्टर पाउन मुस्किल थियो । सामान्य चोटपटक लागेपनि रेफर गर्नु पर्ने बाध्यता थियो । जुम्लामा कर्णाली अञ्चल अस्पताल थियो । दरबन्दी मेडिकल अधिकृतको हुन्थ्यो । तर मेडिकल अधिकृत जुम्ला बस्दैनथ्ये । एचए स्टाफनर्सको भरमा कर्णालीको सिंगो स्वास्थ्य क्षेत्र चलेको थियो । दुर्गम भएका कारण यहाँ सरुवा […]