तीन स्थानीय तहका १०४ परिवारलाई राहत

  ।   २४ आश्विन २०७८, आईतवार १२:४०

जुम्लाको तीन स्थानीय तहका कोभिड संक्रमणका कारण रोजगारी गुमाएका परिवारले राहत पाएका छन । यहाँको पातारासी, तातोपानी र चन्दननाथ नगरपालिका भित्रका कोभिडका कारण प्रभावित १०४ परिवारले राहत पाएका हुन ।
उनीहरुले एक बोरा चामल, साढे २ केजी दाल,दुइ लिटर तेल,एक पोका नुन र एक पोका चिनी पाएका हुन । तातोपानी गाउँपालिका भित्रका ४३,पातारासीका ४० र चन्दननाथ नगरपालिकाका ३० घरपरिवारले राहत पाएका हुन ।
कोभिडका कारण ज्यालादारीमा काम गर्ने परिवारको रोजगारी गम्यो । अहिले एक छाक टार्न पनि निकै कठिन छ, पातारासी गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले भनिन्,‘कोभिडले थलिएका परिवारको पहिचान गरेर राहत दिइएको छ । यसले उनीहरुलाई निकै राहत मिलेको छ । ’
कोभिड संक्रमण हुने त्रासले निरन्तर निषेधाज्ञ हुदा यहाँका विपन्न नागरिकको रोजगारी गुमेको थियो । उपाध्यक्ष महताराले भनिन्,‘यो राहतले केही राहत मिल्नेछ । गाउँपालिकाले पनि कोभिड प्रभावितको अवस्था हेरेर राहतको प्याकेज ल्याउन सक्छ । ’
कोभिड प्रभावितको विवरण सम्बन्धित गाउँपालिकाले छनौट गरेको थियो । कारीतास जर्मन, कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१, अन्तर्गत खाद्यान्न सामग्री सहयोग गरिएको हो।
कोरोनाबाट प्रभावित ताराबहादुर बोहोराले भने,‘यो राहतले एक महिनासम्म गुजारा चल्ने बताए। उनले भने,‘कोरोनाले कतै चल्न दिएन। आमदानीको स्रोत नै बन्द भए। अन्नबालीमा रोग किराको संक्रमण पनि देखियो। यो राहतले केही दिन छाक टार्न पुग्नेछ ।’ राहत लिन आएका प्रभावित परिवारलाई घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न, सेनिटाइजर प्रयोग गर्न, सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको थियो।
कोभिड प्रभावित लाई सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर राहत प्रदान गरिएको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले जानकारी दिए ।
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले संकटमा दातृ निकायले गरेको राहतको सहयोग निकै प्रसंसनीय रहेको बताइन । उनले भनिन्,‘कोभिडले यहाँको जनजीवन निकै प्रभावित बन्यो । काम गर्न पाएनन । मौसमले खेति पनि सुध्रिएन । किसान निकै मर्कामा छन । ’
उनले कोभिड प्रभावित मैत्री कार्यक्रम ल्याउनको लागि गैरसरकारी संस्थालाई आग्रह गरिन ।

Next Post

खेलकुदमय हियाखोला

२४ आश्विन २०७८, आईतवार १२:४०
जुम्लाको तातोपानी गाउँपालिकाको हियाखोला खेलकुदमय बनेको छ । समाज चेतना युवा क्लब हियाखोलाको आयोजनामा पाँच विधाका खेलहरु शुरु भएका हुन । भलिबल,रस्सी कसाकस,घैटोफोड,बम्पर उपहार र दोहोरी लगायतका प्रतियोगिताको आयोजना गरिएको हो । भलिबल खेलमा १० जना टिम सहभागी छन । क्लबका अध्यक्ष हरिवहादुर कामीले दसैं तथा तिहारको अवसरमा प्रथम जिल्ला […]