स्थानीय तहको निर्वाचन वैशाख ३० मा

  ।   २४ माघ २०७८, सोमबार १६:४३

काठमाडौँ — सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले यसबारे जानकारी दिएका हुन् । यद्यपि मन्त्रिपरिषद्‍को बैठक अहिले चलिरहेको छ ।

मन्त्रिपरिषद्‍को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरूले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए ।

आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो ।

Next Post

कर्णाली प्रदेश सभामा गैरसरकारी विधेयक टेबुल

२४ माघ २०७८, सोमबार १६:४३
कर्णाली प्रदेश सभा बैठकमा एउटा गैरसरकारी विधेयक टेबुल भएको छ। सोमबारको संसद बैठकमा जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएका दुइटा गैरसरकारी विधेयकमध्ये एउटा टेबुल गरिएको हो।  सांसद भण्डारीले प्रदेश सभा नियमावली २०७४ को नियम १०५ अनुसार ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ सभा समक्ष पेस गरेका छन्। नेपालको मूल […]