स्याउ रोप्न खाडल खन्न शुरु

  ।   २३ पुष २०७८, शुक्रबार १९:२५

गोल्डेन बुढा,

जुम्लामा स्याउ विरुवा रोप्नको लागि खाडल खन्न शुरु गरिएको छ । पुस महिना देखि माघ महिनाको अन्त्य सम्म विरुवा रोप्न सकिन्छ । स्याउको विरुवा रोप्नु भन्दा पहिले नै खाडल खन्दा ध्यान दिनु पर्ने कृषि विज्ञहरु बताउँछन । स्याउ विरुवा रोप्नको लागि खाडल खन्दा कम्तिमा ५ मिटर दुरीको फरकमा हुनुपर्ने गुठिचौर गाउँपालिका कृषि शाखा प्रमुख रत्नप्रसाद पाण्डे बताउँछन ।
उनले भने,‘१÷१ मिटर लम्बाई, चौडाई र गहिराइको खाडल खन्नुपर्छ । सबै भन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नु पर्छ । खाडल खन्दा माथिल्लो सतहको माटो एक तिर र तल्लो सतहको माटो अर्को तिर राख्नुपर्छ । अनिमात्र स्याउ गुणस्तरीय हुनसक्छ । ’
खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट मल, रासायनिक मल र माटो उपचार गर्ने विषादीहरु राम्रो सँग मिसाएर विरुवा लगाउन सुझाव दिए । स्याउको विरुवा विशेष गरि माघ र फाल्गुन महिनामा रोप्दा राम्रो हुनेगर्छ ।
प्राविधिक सल्लाह अनुसार स्याउका विरुवा रोप्दा गुणस्तरीय फल र बगैँचा राम्रो देखिने पाण्डे बताउँछन । फागुन महिनामा पालुवा पलाउने भएकाले त्यो भन्दा अगाडी नै स्याउका विरुवा रोपि सक्नु पर्नेछ । स्याउका विरुवा रोप्दा पाकेको गोठेमलाई माटोसँग मिसाएर हाल्दा राम्रो हुन्छ । उनले भने,‘स्याउ खेतिका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुन्छ । त्यो जमिन किसानले छनौट गर्नाले बगैँचा राम्रो हुन्छ । ’
धेरै भिरालो भएको जग्गामा स्याउ रोप्दा पानी बगेर जाने हुँदा स्याउका विरुवामा सिंचाइ गर्न समस्या हुन्छ । बगैँचा स्थापना गरिने जमिनमा अनावश्यक बोट विरुवा, झाडी, बुट्यान र गहुँबाली लगाउन हुदैन ।
स्याउको विरुवा रोप्नको लागि असोज र कार्तिक महिनामा खाडल खनेर राखेमा अझ राम्रो हुने उनी बताउँछन । स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न समय भएकोले स्याउका बगैंचा काँटछाट गर्दा आरी, सिकेचर, निलाथुतो, बोडोपेष्ट लगाउन सुझाव दिए ।
जिल्लामा पुसदेखि माघको अन्त्यसम्म स्याउका विरुवा लगाउने र स्याउको बगँैचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको उनको भनाइ छ । शाखाले फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका विरुवा रोपीसक्नुपर्ने जनाएको छ ।

Next Post

१ हजार ४ सय मतदाता थपिए

२३ पुष २०७८, शुक्रबार १९:२५
जुम्लामा एक हजार ४ सय मतादाता थपिएका छन । स्थानिय तहमा सञ्चालन भएको मतदाता नामावली सङ्कलन बिशेष कार्यक्रम अन्र्तगत जुम्लामा १४ सय ७६ जनाले मतदाता नामवलीमा नाम दर्ता गराएका हुन । मंसिर १७ गते देखि पुस ९ गते सम्म दुई चरणमा सचालन भएको मतदाता नामावली सङ्कलन बिशेष कार्यक्रम अन्र्तगत जुम्लाका […]

सम्बन्धित