न्याय दिने ठाउँ नै दुषित भए व्यवस्था कसरी टिक्छ ? : सांसद महत

  ।   ४ माघ २०७८, मंगलवार ०७:३४

नेपाल बार एसोसिएसन काठमाडौँले सोमबार आफ्नै कार्यालयमा राखेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद तथा नेकपा माओावादी केन्द्रका केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले प्रधानन्यायाधीशको बहिर्गमन र न्यायालयको शुद्धिकरण गर्ने नेपाल बारको आन्दोलनमा आफ्नो ऐक्यवद्धता रहेको जनाएका छन् । उनले भने नेपाल बारको यो आन्दोलनमा ऐक्यवद्धता जनाउन म यहाँ आएको हुँ । न्यायालय दुषित पार्ने यस्ता व्यक्तिलाई हटाउन म हस्ताक्षर अहिलै गर्छु ।’ पार्टीले मलाई नै कसरी पठायो थाहा छैन तर मेरो व्यक्तिगत समर्थन सुरूदेखि नै थियो ।’ उनले पनि न्यायालयको सुधारमा नेतृत्व राजनीतिक पार्टीले नै गर्नुपर्ने बताए ।
’पहिले एउटा महाअभियोगको समावेदन (लोकमान विरूद्ध) आउँदा नेताहरूलाई थाहा नदिइ सांसदहरूले हस्ताक्षर गरेका थिए । अहिले भने यत्रो निकायको प्रमुखलाई यत्रा काला अक्षरले लेख्दा पनि दलबीच केही भएको छैन ।’ केही सांसदहरूले अब उनीविरूद्ध हस्ताक्षर गर्न थालेपछि भने अरू सांसदहरूले पनि चोलेन्द्रको पक्ष विपक्षमा आफ्नो कित्ता स्पष्ट गर्न बाध्य हुने उनको भनाइ छ ।
‘५०÷६० सांसदको हस्ताक्षर त कसो नहोला । यसै पनि यो व्यवस्थामा चोलेन्द्र समशेर राणाको के त्यस्तो गुन छ र ?’ उनले भने, ‘न्याय दिने ठाउँ नै दुषित भए व्यवस्था कसरी टिक्छ ? उनले आफ्नो पार्टी लगायतका नेतालाई पनि अहिलेसम्म यो विषयमा केही नगरेकोमा प्रश्न गरे ।
’हाम्रा नेता अप्ठेरोमा पर्दा अस्ति भर्खर प्रतिगमन विरूद्धको आन्दोलनका बेला बुद्धिजीवि बोलिदिए हुन्थ्यो पूर्व प्रधानन्यायाधीशहरू बोलिदिए हुन्थ्यो भनेर आश गरेर बस्नुहुन्थ्यो । आज बार यत्रो आन्दोलनमा छ उहाँहरू बोल्नुपर्दैन?’ उनले भने, ’म आफ्नो दाँतबाट पसिना आउँदा हारगहार गर्ने नेताहरू नेपाल बारले आन्दोलन गर्दा चुप बस्न मिल्छ ?’
उनले आन्दोलन सफल पार्न नेपालबारलाई अझै सक्रिय भएर लाग्न सुझाउँदै आफूले प्रधानन्यायाधीश राणाको आयु लामो नदेखेको बताए ।

Next Post

खलंगाका भित्ताभित्तामा पेस नेपालको सचेतना सामाग्री

४ माघ २०७८, मंगलवार ०७:३४
जुम्ला सदरमुकाम खलंगाका विभिन्न स्थानका भित्तामा भुकम्प र कोभिड १९ सचेतना फैलाउने बारेका पोष्टर टाँसीएको छ । जिल्लाको विमानस्थल,जिल्ला प्रशासन कार्यालय,कृष्णमन्दिर लगायतका स्थानमा सचेतना सामाग्री टाँसीएको हो । पोष्टरमा भुकम्प प्रतिरोधी घर निर्माण गरेर सुरक्षित हुन र कोभड १९ को संक्रमणबाट जोगिन आग्रह गरिएको छ । मास्क खोई,कोभिड नोभिड जस्ता […]