कम्प्युटर सिक्दै जुम्लाका किशोरी

  ।   २ फाल्गुन २०७८, सोमबार १६:४७

जुम्ला पातारासी गाउँपालिका ७ रिनी गाउँकी सम्झना खड्काको अधिकांस समय कम्प्युटर चलाउदै बित्छ । उनी अहिले कम्प्युटर सिक्ने कामलाई प्राथमिकता दिन थालेकी छिन । कम्प्युटरको जमाना भएकोले कम्प्युटर नसिक्नुलाई उनी ठुलो कमजोरीका रुपमा हेर्छिन । उनले भनिन‘अहिलेको विज्ञान तथा प्रविधिको युगमा सबैले कम्प्युटरको ज्ञान सिक्न आवश्यक छ । ’
कम्प्युटरबाट देशविदेशको नविनतम जानकारी लिन सकिने र विदेशमा रहेका आफन्तजनलाई सहजै रुपमा फेस टु फेस कुराकानी गर्न सकिन्छ । उनले भनिन्,‘अहिलेको समयमा प्रविधिको ज्ञान लिन जरुरी । ’ खड्का एक उदाहरण मात्र हुन । अहिले जुम्लाका अधिकांस किशोरी कम्प्युटर शिक्षा प्रति आकर्षित छन । सदरमुकाम खलंगामा रहेको कर्णाली पुस्तकालय र अन्य कम्प्युटर इन्ष्टिच्युडमा किशोरीहरु कम्प्युटर सिक्न जान थालेका हुन । कर्णाली पुस्तकालयमा मात्र अहिले ७ किशोरी समुहले कम्प्युटर कक्ष लिइरहेका छन । एसइई परिक्षा सकिए लगत्तै सदरमुकाम खलंगामा आउँछन । कम्प्युटर सिक्छन ।
महिला चुलोचौकोमा मात्र सिमित हुन्छन भन्ने धारणा छ । तर अहिले उनीहरुले फरक परिचय बनाउन थालेका छन । कम्प्युटर प्रशिक्षक रविन भण्डारी पछिल्लो समयमा कम्प्युटर शिक्षामा किशोरीको आकर्षण बढेको बताउँछन । उनले भने,‘जुम्लामा किशोर किशोरी कम्प्युटर सिक्न इच्छुक छन । तर किशोरी बढि सिक्न आउँछन । यो राम्रो काम हो ।’
पुस्तकालयले ग्रामीण क्षेत्रका किशोरीहरुलाई प्रविधिसँग परिचित गराई सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले कम्प्यूटर शिक्षा दिन थालेको उनी बताउँछन । यो युग कम्प्युटरको युग हो । कुनै पनि मानिसको जीवन सफल बनाउन कम्प्युटर शिक्षाको आवश्यक छ । पातारासी ७ की मिना बुढाले भनिन्,‘अहिले आधारभुत कोर्ष सिक्दैछौँ । डिप्लोमा पनि पढ्ने तयारी छ । ’
अहिले विश्वभर भएको घटना एकै चोटी हेर्न र पढ्न पाइन्छ । उनले भनिन्,‘यो हेर्न र पढ्न कम्प्युटर शिक्षा आवश्यक छ । कम्प्युटर शिक्षामा सबैको पहुँच पुग्नुपर्छ । ’ गुठिचौर ३ की सर्मिला कामी कम्प्युटर सिक्न अनिवार्य भएको बताउँछिन । उनले भनिन्,‘कम्प्युटर शिक्षा बिना कुनै क्षेत्रमा पनि काम पाइदैन । रोजगारी पाउनका लागि भएपनि कम्प्युटर शिक्षा अनिवार्य छ । ’
तातोपानी ७ का मुना कुँवरले लेखा बिषय लिएका छन । बैंकमा काम गर्न सहज होस भनेर पनि कम्प्युटर शिक्षा लिन थालेको उनी बताउँछन । प्रविधिमा किशोरीहरुको चासो बढ्दो छ । उनले भने,प्रविधिले मानिसको दैनिक जीवनमा प्रवेश गरिसक्यो । अब आउने नयाँ पुस्तामा यो अनिवार्यजस्तै भइसक्यो । ’जुम्लाको एक नगरपालिका र सात वटै गाउँपालिका क्षेत्रमा कम्प्युटर इष्टिच्युड खोलिएका छन ।

Next Post

दक्ष जनशक्ति नहुँदा कृषि अनुसन्धानका काम प्रभावित

२ फाल्गुन २०७८, सोमबार १६:४७
जुम्ला,फागुन २। वागवानी जन्य बालीहरुमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरुको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्धेश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना भयो । यहाँ स्थापना कालदेखि नै प्रभावकारी अनुसन्धान हुन सकेको छैन । दक्षजनशक्तिको अभावले नयाँ जातको बीउ अनुसन्धान गरेर किसान संग पुर्याउन […]