बृहत सिचाइँ आयोजना कर्णाली सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ

  ।   १७ असार २०७८, बिहीबार २०:१७

कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले कर्णाली प्रदेश सरकारले बृहत सिचाइँ आयोजना प्राथमिकतामा राखेको बताएका छन । उनले सानातिना सिँचाइ आयोजनाले ठुलो जमिन सिचाइँ गर्न नसक्ने र सिचाइँ गर्न नपाउँदा जमिन बाँझो राख्नु पर्ने अवस्थाको अन्त्य गर्न बृहत सिँचाइ आयोजना निर्माणमा जोड दिएको बताएका हुन ।
जुम्लामा निर्माण हुन थालेको उठिल्ने ऐरेनी सिँचाइ आयोजनाको अनुगमन गर्दै मन्त्री श्रेष्ठले एउटै सिचाइँ आयोजनाले धेरै जमिन सिचाइँ गर्न मिल्ने गरि आयोजना छनौट गर्नुपर्ने बताए । उनले भने,‘आगामी आर्थिक बर्षदेखि जुम्लामा दुई ठुला सिचाइँ आयोजनाको काम शुरु हुदैँछ । यी आयोजनाले धेरै ठुलो जमिनको सिचाइँ हुनेछ । किसान प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन । ’ उठिल्ने देखि ऐरेनी सम्मको बृहत सिचाइँ आयोजना र हियाखोला लिफ्ट सिचाइँ आयोजना निर्माणका लागि काम शुरु हुने भएको हो ।
उठिल्ने देखि ऐरेनी सम्म पाँच किलोमिटर सिचाइँ कुलो निर्माण हुनेछ । ९२ हेक्टर जमिन सिचाइँ हुने सिचाइँ डिभिजन कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । उनले भने,‘जुम्लाको गौरवको आयोजनाको रुपमा दुई ठुला सिचाइँ आयोजना बन्दैछन । ’ कर्णाली प्रदेश सरकारले दुबै आयोजनाको सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरिसकेको छ । प्रमुख श्रेष्ठले भने,‘आगामी दसैँ सम्म टेण्डर प्रक्रियामा जाने गरि तयारी भइरहेकोछ । ’
जुम्लाको तातोपानी गाउँपालिका हियाखोलामा लिफ्ट सिचाइँ आयोजना निर्माणको लागि सम्भाव्यता हुदैछ । जसका लागि केही रकमको व्यवस्था भइसकेको छ । ६० हर्ष पावरको पम्पबाट १७० मिटर उचाई सम्म पानी पुर्याउन सकिने गरि लिफ्ट सिचाइँको सम्भाव्यता अध्ययनको तयारी भइरहेकोछ । यसले १५० हेक्टर जमिन सिचाइँ गर्नेछ । यो आयोजनाको लागि ८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यी आयोजनाहरुलाई बहुबर्षिय आयोजनाका रुपमा अघि बढाइने मन्त्री श्रेष्ठ बताउँछन । यो निर्माण कार्य सफल भएको खण्डमा नेपालकै पहिलो प्रोजेक्ट हुनेछ । आगामी बर्ष देखि नै दुबै आयोजनाको काम शुरु हुने मन्त्री श्रेष्ठले बताए ।

Next Post

जुम्लाका दिपेशलाई ५ सय अमेरिकी डलर

१७ असार २०७८, बिहीबार २०:१७
जुम्लाको तिला गाउँपालिका २ का १८ बर्षिय दिपेश बोहोराले ५ सय अमेरिकी डलर पाएका छन । सामाजिक सञ्जालमा फेसबुकमा विभिन्न कमजोरी औल्याइदिए बापत्त उनले ५ सय अमेरिकी डलर पाएका हुन । जसको नेपाली रुपैयाँ ५८ हजार हुन्छ । कर कटौती गरेर ५२ हजार १ सय ४२ रुपैयाँ खातामा आएको दिपेशले […]