जुम्लामा दुग्ध ट्याङ्कर पुग्दा किसान उत्साहित

  ।   २३ फाल्गुन २०७८, सोमबार १४:५०

जुम्लाका पशुपालन किसानले घरबाटै दुध बोकेर बजारसम्म ल्याउनुपर्ने बाध्यता हटेको छ। जिल्लामै पाँच सयदेखि एक हजार लिटरसम्म दुध बोक्ने ट्यांङकर उपलब्ध भएपछि किसानले दुध बोकेर बजारसम्म ल्याउनु पर्ने बाध्यता हट्ने भएको हो।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको ट्यांङकर हिमाली डेरी उद्योगका सञ्चालक मनकोइला धिताललाई हस्तान्तरण गरेको थियो। जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले हस्तान्तरण गर्दै ट्याङकरले यहाँको दुध उत्पादन कार्यलाई प्रोत्साहित गर्ने बताए।

अहिले ट्यांङकर जुम्ला आइपुगेको छ। किसानले एक ठाउँमा दुध संकलन गरेर राखेको खण्डमा गाउँमै पुगेर दुध ल्याएर आउन सकिने अवस्था रहेको हिमाली दुध डेरीका सञ्चालक मनकोइला धितालले बताइन्।

उनले भनिन्,‘अब दुध बोकेर किसानले दुख गर्नु पर्दैन। किसानले मगाएको खण्डमा घरदैलोमा दुध संकलन गरेर बजारका डेरीमा ल्याउन ट्याङकर तयारी अवस्थामा छ।  किसानले गुणस्तर दुध उत्पादन गर्नुपर्‍यौ ढुवानी गर्ने कुनै चिन्ता मान्नु पर्नेछैन।’

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले ५० प्रतिशत अनुदानमा ट्यांङकर उपलब्ध गराएपछि यहाँका दुध उत्पादक किसान निकै उत्साहित छन्। ५० प्रतिशत डेरी सञ्चालक आफैले बेहोरेका हुन्। हिमाली डेरी उद्योगका सञ्चालक धितालले झण्डै ३२ लाख ९५ हजार रुपैयाँको लागतमा यहाँसम्म ट्याङकर पुगेको बताइन्।

उनले भने,‘ट्याङकर ल्याएर पशु सेवा कार्यालयमा देखायौँ। कार्यालयले ट्याङकरको निरीक्षण गर्‍यौ। यातायात कार्यालयमा दर्ता प्रक्रियादेखि नामसारी गर्ने लगायतको कारणले केही समय  ढिला भयो । ट्याङकर जडान प्रक्रियाका बारेमा प्राविधिकले सबै अध्ययन गरेपछि मात्र सञ्चालनमा आएको हो।’

अहिले नाग्म, कुडारी, लाम्रा र बजार क्षेत्रका दुध डेरीमा सहजै रुपमा दुध पर्‍याउने काम भइरहेको छ। सदरमुकाम खलंगा भित्र र बाहिरको गरेर ९ वटा डेरीमा दुध पुग्ने गरेको उनले बताइन्। उनले भने,‘ट्याङकर पुग्दा १० जनाले रोजगारी पाएका छन्। एक महिनामा झण्डै ६ लाख रुपैयाँको दुध बिक्रि हुने गरेको छ।’

अहिले जुम्लाका किसानले प्रयाप्त मात्रमा दुध उत्पादन गर्न नसकेको र उत्पादित दुध आफै बोकेर ल्याउने गरेकोले दुग्ध संस्थानबाट दुध ल्याउने गरिएको छ। धितालले थपिन,‘यहाँका दुध बेच्ने किसान निकै लाभान्वित हुनेछन्। तर किसानले दुध निकै गुणस्तरीय उत्पादन गर्नुपर्छ। किसानको दुध ल्याउन घरदैलोमा जान तयार छौँ। नेपालगंजबाट दुध ल्याउन कठिन छ। यहाँका किसानलाई दुध उत्पादनका लागि प्रोत्साहित समेत गरिरहेका छ।’

जुम्लाका किसानले यहाँको माग अनुसारको दुध पुर्‍याउन सकेको खण्डमा दुध ल्याउन सुर्खेत नेपालगंज जानु नपर्ने डेरी सञ्चालक बताउँछन्। प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले दुधमा आत्मनिर्भर बन्न किसानलाई प्रेरित गर्नुपर्ने बताइन्।

हामी कृषि प्रधानदेश भनिरहेका छौँ। पशुपालन, खाद्यन्न उत्पादनमा आत्मनिर्भर हुन सकेका छैनौँ। उनले भनिन्,‘जिल्लामा पोषण संग सम्बन्धित कुरामा दुग्ध जन्य पदार्थको ठूलो भूमिका हुन्छ। पशुपालन तिर आकर्षण गर्ने र व्यवसायिक बन्ने योजनामा केन्द्रित हुनुपर्छ।’

दुध उत्पादन आर्थिक समृद्धिसंग जोडिएको छ। स्थानीय सरकारले पनि दुधजन्य पदार्थ उत्पादनमा प्रागमिकता दिनुपर्छ। प्रविधिलाई अवलम्बन गर्दै गर्दा उत्पादकलाई घाटा नहुने खालको योजना बनाउनुपर्छ। प्रमुख जिल्ला अधिकारी प्रसाईले अहिले दुध गुणस्तरीय नभएको गुनासो आएकोले डेरीको अनुगमन गर्नुपर्ने अवस्था आएको बताइन्।

प्रमुख जिल्ला अधिकारी प्रसाईले सुर्खेतबाट दुध ल्याउने कल्पना नगर्न डेरी सञ्चालकलाई आग्रह गरिन्। सिँजा र गुठिचौर तिर कलेक्शन सेन्टर बनाएर यहाँका किसानको दुधलाई बजारमा सहजै पर्याउने वातावरण बनाउन जोड दिइन्।

उनले भनिन,‘अहिले किसानले घरबाट बोकेर दुध बजार सम्म ल्याउँछन्। यहाँका किसानलाई दुध ल्याउने र प्रोत्साहित गर्ने गरेमात्र जुम्ला दुधमा आत्मनिर्भर हुन्छ। दुधको गुणस्तरमा भने ध्यान दिन जरुरी छ।’ दुध उपभोक्ताको स्वास्थ्य संग जोडिएकोले गुणस्तरमा ध्यान दिनुपर्छ।

आगामी दिनमा नीजि कम्पनी र सरकारबीच साँझेदारी गरेर जुम्लामा दुधको सहज आपुर्ति गर्न ध्यान केन्द्रीत गर्नुपर्छ उनले बताइन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले पछिल्लो समयमा दुध उत्पादनमा किसान हौसिएको बताए। उनका अनुसार एक दशक अघिसम्म ९५ प्रतिशत पाउडर दुध जुम्ला आउथ्यो।

यहाँका प्रत्येक चियापसलमा पाउडरको दुध प्रयोग हुन्थ्यो। यो स्वास्थकर पनि थिएन। पाउडर दुध विस्थापित गर्न २०५७/०५८ मा साविकको पशु सेवा कार्यालयले कृत्रिम गर्भधानको अवधारणा ल्यायो। ७ सयदेखि ८ सयसम्म बाछाबाछी उत्पादन भए। उनले भने,‘अहिले पाउडर दुध विस्थापित भयो। गाईभैसीको दुध बजारमा आउन थाल्यो। यो निकै राम्रो पक्ष हो।’

एक व्यक्तिलाई वार्षिक ९१ लिटर दुध आवश्यक पर्छ। जुम्लामा एक व्यक्तिले ४४ लिटर मात्र दुध खाने गरेका छौँ।  ४६ लिटर दुध अपुग छ। अब ट्यांङकर आइसकेकोले किसानलाई दुध बजारीकरणमा समस्या हुनेछैन। अपुग रहेको ४६ लिटर दुध पनि पुग्ने आशा गरिएको छ।

‘ट्यांङकर खरिद गर्ने कार्यक्रम जुम्लाको लागि नयाँ कार्यक्रम हो। अब टंयाङकरले दुध उत्पादन किसान र डेरी संगको समन्वय निकै प्रगाड बनाउनेछ। दुध बिक्रि भएन भन्ने किसानको गुनासो सुन्नु पर्नेछैन। किसानको दुधलाई सुरक्षित साथ डेरी सम्म पुर्‍याउनेछ।’

किसानले दुध संकलन गरेको जानकारी पाउने वित्तिकै किसानको दैलोमा ट्यांङकर पुगेर दुध ल्याउनेछ। जुम्ला सदरमुकाम खलंगामा पाँचबाट डेरी उद्योग सञ्चालनमा छन्। पछिल्लो समयमा जुम्ला दुधमा आत्मनिर्भर हुने दिशामा अघि बढेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ।

Next Post

११२ औँ नारी दिवसमा मैत्रीपुर्ण फुटबल

२३ फाल्गुन २०७८, सोमबार १४:५०
कर्मचारी मिलन केन्द्रको आयोजना र नेपाली सेनाको समन्वयमा ११२ औँ अन्तराष्ट्रिय नारी दिवसमा अवसरमा मैत्रीपुर्ण फुटबलको खेलको आयोजना गरेको छ । मैत्रीपुर्ण फुटबल खेलमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र निजामति कर्मचारीको टिमले भाग लिएका छन । पहिलो दिन भएको खेलमा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई सुन्यका विरुद्ध दुई गोलले पराजित गरेको […]