महंगो बन्दै जुम्लीबासीको भान्सा

  ।   २८ जेष्ठ २०७९, शनिबार १२:३४

जुम्ला सिंजाका खड्कबहादुर कार्कीले दैनिक उपभोग्य बस्तु किन्न छाडेका छन । उनी उपभोग्य बस्तुमा अत्यधिक मुल्य बृद्धि भएपछि नजिकैका बजार सम्म जाने गरेका छैनन् । घरमै उत्पादित खोले सिस्नो खाएर बस्छन । बजार जाउँ, उपभोग्य बस्तु छोइनसक्नुछ । घरको आर्थिक अवस्था कमजोर छ । उनले भने,‘महंगीले ढाड सेक्दा पनि राज्य वेखबर जस्तै देखिन्छ । हामी जनताको मुखमा सस्तो खाना कहिले पुग्ला ? ’
उनको भान्सा निकै महंगो छ । पहिले सयमा भान्सा चल्थ्यो । अहिले हजारमा पनि भान्सा राम्रो संग चल्दैन् । बजारमा चामल,तेल,नुन,चिनी,मैदा,मासु देखि तरकारीमा मुल्य बृद्धि भएपनि जुम्लीको भान्सा महंगिएको हो । खड्कबहादुरले भने,‘सरकार फेरिए । व्यवस्था वदलिए । प्रतिनिधि परिवर्तन भए । तर जनताको भान्सा कहिले सस्तो हुन सकेन् । झनै दिन प्रतिदिन बढ्न थालेको छ । ’
तीन महिना अघि सबैको सहज पहुंचमा थियो उपभोग्य बस्तु । तर अहिले मुल्य आकासिय पछि निकै संकट उत्पन्न भएको उपभोक्ताहरु बताउँछन । खानेतेलको मुल्यमा देखिएको उतारचढाव रोकिएको छैन् । उपभोक्ता निकै मारमा छन ।
उनले डिलरमै महिनौं देखि थन्काएर उपभोग्य बस्तु अहिलेको मुल्य संग जोडेर बेच्ने गरिएको छ । उपभोक्ताले पहिले आइपुगेको सामानको पहिलेको मुल्य हुनुपर्ने र अहिले आइपुगेको उपभोग्य बस्तुको मुल्य अहिलेकै अनुसार गर्नुपर्ने माग राखेका छन । जब सहज रुपमा उपभोग्य बस्तुको आपुर्ति हुदैन्् । विपद आइपर्छ । उति नै बेला मुल्य बृद्धि भएर आकाश पुग्छ । लामो समय स्टोर गरेर राखेको सामान पनि बढाएर बेच्ने संस्कारको विकास भएको छ, खड्कबहादुरले भने,‘उपभोग्य बस्तुको किनबेचमा भइरहेको मनपरी रोक्नुपर्छ । महंगोमा आएको सामानको महंगोमै र सस्तोमा आइपुगेको सामान सस्तोमा बेच्ने परीपार्टी मिलाउनुपर्छ । अनि मात्र उपभोक्ता अधिकारको संरक्षण हुन्छ । ’
व्यवसायीहरुले दु:ख र कठिन समयलाई कमाउने अवसरको रुपमा उपयोग गर्नु बिडम्बना भएको स्थानीय बताउ“छन । जुम्ली बजारमा सबैभन्दा बढि धारा तेलको मुल्य बढेको छ । साना व्यापारी होलसेल डिलरका कारण महंगोमा बेच्नु परेको बताउँछन । खुद्रा पसल चलाउदै आएकी धनलक्ष्मी सार्कीले दैनिक उपभोग्य बस्तुको मुल्य निकै बढेको बताइन् । पहिले एक सय ५० रुपैयाँमा किनबेच हुंदै आएको धारातेलको मुल्य अहिले २ सय रुपैयाँ पुगेको छ । स्वाष्तिक र सनफलर तेल १ सय २० बाट बढेर १ सय ७० रुपैयाँ सम्म पुगेको छ ।
चिनी प्रतिकेजी १ सय २० रुपैयाँ, पाल्की चामल ७२ रुपैयाँ, आर्शिवाद चामल ७४ रुपैया तिरुपती चामल प्रतिकेजी ८० रुपैयाँ पुगेको छ । आटा पाँच केजीको २५० रुपैयाँ थियो । अहिले ३ सय २० पुगेको छ । पशुपति जनरल स्टोरका सञ्चालक डिल्लीप्रसाद पाण्डे महंगीले उपभोक्ता र साना ब्यापारी मर्कामा परेको गुनासो पोख्छन् ।
जुम्ला होलसेल ब्यापारी मीनप्रसाद पौडेल तेलको मुल्य तीन गुणाले बृद्धि भएको सुनाउँछन । सबै आयतित सामान भएकोले मुल्य बढेरै आउने गर्छ । उनका अनुसार नयाँ खाद्य सामाग्री आउने वित्तिकै कटिहाल्छ । सबै ब्यापारीको प्रतिश्पर्धा छ । आउने वित्तिकै उपभोग्य बस्तु गइहाल्छ ।
उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटा मुल्यबृद्धिका नाममा कालोबजारी नभएको बताए । ब्यापारीहरुको पक्षमा बोल्दै अध्यक्ष देवकोटाले सरकारले तेलहरुमा विभिन्न समयमा मुल्य बृद्धि गरेको बताउदै बाहिरबाट आउने खाद्यवस्तु यहाँ सम्मकोको ढुवानी जोडेर बेच्ने गरेको जानकारी दिए ।
स्थानीय बजारमा कुनै सामान उत्पादन हुदैनन ्। बाहिर मुल्य वृद्धि भएर आउने गर्छ । तर केही समय अघि देखि जुम्लीको चुल्हो मंहगीएको छ । उनले भने,‘महंगीको मार ब्यापारी र उपभोक्ता दुबैलाई छ । अब मुल्य समायोजनमा सरकारीको ध्यान जानुपर्छ । ’ उनले जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिका संगको सहकार्यमा बजार अनुगमन हुने गरेको बताए ।
बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य बढेको बिषयमा गुनासो आएको बताइन् । पटक पटक बजार अनुगमन गरेर ब्यापारीहरुलाई सुझाव दिदै आएकोमा चुनावको बीचको समयमा अनुगमन हुन नसकेको बताइन् ।
तातोपानी गाउँपालिका ५ का पुर्णप्रसाद चौलागाईले खाद्यवस्तुको मुल्यदर बृद्धिले उपभोक्ता मारमा परेको बताए । सरकार हरेक बजेटमा कर्मचारीको तलव बढाउनुछ तर जनतालाई मुल्य बृद्धिले लखतरान बनाएको देख्दैन् । उनले भने,‘तत्काल उपभोक्ताको चुलो सस्तियोस । ’

Next Post

जुम्लामा विपद् रोकथाम पूर्वाभ्यास

२८ जेष्ठ २०७९, शनिबार १२:३४
जेष्ठ ३० गोल्डेन बुढा वर्षायाम सुरु हुनै लाग्दा जुम्लाको चन्दननाथ नगरपालिकामा विपद्बाट जोगिनका लागि पूर्वतयारीको व्यावहारिक अभ्यास गरिएको छ । सुरक्षाकर्मीहरूले बाढीपहिरो आएको बेला बच्ने, भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिकाहरूसम्म सिकाएका हुन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा चन्दननाथ नगरपालिका १ […]