राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

  ।   १७ फाल्गुन २०७७, सोमबार १४:३६

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन्।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। तर, फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो।

सोही आदेशअनुसार प्रतिनिधिसभा बैठक बोलाइएको हो।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिः

Next Post

आवास बनाइदिन अग्नीपीडितको माग

१७ फाल्गुन २०७७, सोमबार १४:३६
जुम्ला तिला गाउँपालिका ७ गोठीगाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो । बलिरहेको आगो निभाउने न पानी थियो, नत कुनै अन्य उपाय । आगलागी भएको टुलुटुलु हेरिरहनुको विकल्प थिएन । हेर्दा खेर्दै बस्ती खरानी बन्यो । त्यो बस्तीमा अहिले स्थानीय जान […]