डेमो देखाउँदै, सचेतना फैलाउँदै

  ।   ३ माघ २०७७, शनिबार १२:५३


जुम्ला स्थित नेपाली सेनाको नन्द बक्स गणले भुकम्प सुरक्षा दिवसको अवसरमा भुकम्पबाट जोगिन अपनाउनु पर्ने सतर्कताका बिषमा डेमो देखायो । आगलागी भएर जलेको घरमा आगो कसरी निभाउने र बिरामीको कसरी उद्धार गर्ने भन्ने बिषयमा सो डेमो केन्द्रित थियो ।
खोँचमा परिरहेका घाइतेको उद्धार तथा प्राथमिक उपचार बारेमा समेत समेटिएको डेमो हेर्नको लागि अधिकांस जुम्लाबासी सहभागि थिए । नेपाली सेनाको उद्धार संयन्त्र, उद्धार कार्य हेर्दा निकै चकित बनेको स्थानीय बीरबहादुर थापाले बताए । उनले भने,‘डेमो हेरौँ,हेरौँ भन्दै सकियो । यो डेमोले धेरै सचेत बनाएको छ । अब नेपाली सेना जस्तै उद्धार संयन्त्र स्थानीय स्तरमा गठन गरेर तालिम लिनु पर्ने अपरिहार्यता देखियो । ’
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, प्रदेशसभा सदस्य पदम रोकाया, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायतले सेनाले प्रस्तुत गरिरहेको डेमोको अनुगमन गरेका थिए । टुडिखेल मैदानमा आगलागी पछिको डेमो प्रदर्शन अनुगमन पछि बोल्दै मन्त्री भण्डारीले स्थानीय स्तरमा व्यवहारीक ज्ञान दिने प्रभावकारी शिक्षा प्रदान गर्ने माध्यम भएको बताए । उनले भने,‘ नेपाली सेनाको लगानी, छवि उचो राख्ने उदाहरण हो यो । ’
नेपाली सेना नन्दाबक्स गण र सशस्त्र प्रहरी ३३ नम्बर त्रिपुरा गणले भुकम्प प्रतिरोधी समाग्रीको प्रदर्शन गरेका थिए । हरेक बर्षको भुकम्प सुरक्षा दिवसमा नेपाली सेनाले डेमो देखाउदै आएको छ ।
यो बर्ष जुम्लाको मुख्यबजारमा नेपाली सेनाको नन्दाबक्स गणले नेपाल र अन्तराषर््िट्रय स्तरमा भुकम्प लगायतको विपतको अवस्थामा सेनाले गरेको काम समेटिएको वृतचित्र देखाएको छ । स्थानीयको सहभागितामा गरिएका काम, उद्धार, तालिम प्रशिक्षण, अन्तराष्ट्रिय समन्वय समेटिएको वृत्तिचित्र प्रदर्शन गरिएको नन्दाबक्स गणका गणपति दिवाकरण रायमाझीले जानकारी दिए ।

यसअघि नेपाली सेनाले जिल्लाका विभिन्न स्थानमा उद्धार अभ्यास गरिरहेको थियो । त्यो अभ्यासमा स्थानीयको सहभागिता पनि थियो ।

Next Post

हुम्लामा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

३ माघ २०७७, शनिबार १२:५३
सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार […]