सामाजिक कुरीति रोक्न माओवादी केन्द्र गुठीचौरको माग

  ।   २६ फाल्गुन २०७९, शुक्रबार ०७:१०

जुम्ला । नेकपा माओवादी केन्द्र गुठीचौर गाउँपालिका कमिटीले सामाजिक कुरीति रोक्ने अभियान सुरु गर्न माग गरेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढालाई ज्ञापन पत्र पेस गर्दै सामाजिक हानिकारक अभ्यासका रुपमा स्थापित बालविवाह,बहुविवाह,जारीप्रथा र छाउपडी प्रथा अन्त्य गर्ने खाले नीति तर्जुमा गरेर कार्यन्वयन गर्न माग गरेको हो ।
पालिका अध्यक्ष लालबहादुर रावतद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा प्रत्यक टोलमा जुवातास,जाँडरक्सी र लागुऔषधका क्रियाकलाप रोक्न आग्रह गरिएको छ । परम्परागत पहिरन,भेषभुसा र साँस्कृतिक मुल्य मान्यता स्थापित गर्न संग्राहलयको स्थापना गर्न समेत माग गरिएको अध्यक्ष रावलले बताए ।
नेकपा माओवादी केन्द्र जुम्लाले सुरु गरेको दुई महिने समृद्धी र विकासका लागि पार्टी सुदृढीकरण अभियान अन्र्तगत जुम्लाका सबै पालिकामा माओवादीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा गुठीचौर गाउँपालिकालाई पर्यटन आकर्षणको केन्द्र बनाउनुपर्ने,द्धन्द्धकालमा मृतकका,वेपत्ताका परिवार र घाइतेहरुलाई आत्मनिर्भर बन्ने सीपमुलक काममा लगाउनुपर्ने,गुणस्तरी शिक्षामा जोड दिदै व्यवहारीक शिक्षा प्रदान गर्ने नीति बनाइनुपर्ने,स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नियमित अनुगमन गरेर औषधि अभावको समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको छ । गरिब र विपन्न परिवारलाई स्वरोजगार कार्यक्रम सिर्जना गरेर आयआर्जनका कामा जोड्नु पर्ने पनि माग पत्रमा उल्लेख गरिएको छ ।
माओवादी केन्द्र गुठीचौरका अध्यक्ष रावलले समृद्धि र विकासका लागि राखिएका मागहरु कार्यन्वयनमा जोड दिन आग्रह गरिएको बताए । शिक्षा,स्वास्थ्य, विकास निर्माण,सुशासन र पर्यटन क्षेत्रको विकासका साथै सामाजिक कुरीति अन्त्य गर्ने अभियानमा स्थानीयसरकार संग हातेमालो गर्ने समेत उनले बताए ।
ज्ञापन पत्र बुझ्दै गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले मागहरु समय सान्दर्भिक र गुठीचौरको समृद्धिका लागि केन्द्रीत भएकोले आपसी सहमति र सहकार्यका रुपमा अघि बढाएर लैजाने बताए । उनले भने,‘हामी सबै मिलेर गुठीचौरको विकास गर्ने हो । समृद्धिको ढोका खोल्ने हो । यसमा गुठीचौर गाउँपालिका सकरात्मक रुपमा अघि बढ्न चाहन्छ । ’ उनले गाउँपालिकाले थालेका रचनात्मक काममा साथ दिन समेत आग्रह गरे ।
ज्ञापत्र पत्र बुझाउन माओवादी केन्द्र गुठीचौर गाउँ कमिटीका अध्यक्ष लालबहादुर रावल,प्रदेश कमिटी सदस्य राजकुमार शाही साहसी, बिष्ण्ुा बुढा लगायतको टोली गाउँपालिका पुगेको थियो । उनीहरुले स्थानीय सरकारको अधिकार क्षेत्र भित्र रहेर विकास र समृद्धिको खाका कोर्न आग्रह गरेका थिए ।

Next Post

दाहालविरुद्धको रिटमा आज सुनुवाइ

२६ फाल्गुन २०७९, शुक्रबार ०७:१०
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ। बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो। प्रधानमन्त्री दाहाललाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेका थिए। सशस्त्र द्वन्द्वका बेला मारिएका व्यक्तिको जिम्मा लिन्छु भनेका दाहाललाई […]