मनोनयन दर्ता आज

उपराष्ट्रपतिको निर्वाचन आगामी चेत ३ गतेका लागि तोकिएको छ ।

  ।   २७ फाल्गुन २०७९, शनिबार ०८:०९

काठमाडौं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज  उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। त्यसैगरी दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने निर्वाचन कार्यतालिका रहेको छ।

यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ।

उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले दलहरुलाई निर्देशन दिइसकेको छ।

अन्यौलमै राजनितिक दल

आज उपराष्टपतिको निर्वाचनको लागि उम्मेदवारी दर्ता गरिने भएपनि दलहरुबीच सहमति भने हुन सकेको छैन। आठ दलीय गठबन्धनले जसपालाई उपराष्ट्रपति दिने सहमति गरेपनि अन्य दलले पनि त्यसमा दाबी गरेपछि दलहरु अन्यौलमा परेका हुन्। तराई मधेसकेन्द्रित दलहरु नागरिक उन्मुक्ति पाटी र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपतिको टुंगो लगाइसकेको छ। रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने जसपाले घोषणा गरेको छ भने जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नागरिक उन्मुक्ति पार्टीले पनि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलाई उम्मेदवारी बनाउने निर्णय गरेको थियो तर श्रेष्ठको उमेर नपुग्ने भएपछि नाउपा पछि हटेको छ।

उता, उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न र उम्मेदवारको टुङ्गो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज बिहान बोेलाएको छ। आठ दलीय गठबन्धनका नेताहरु पनि बिहानैदेखि छलफलमा जुट्दै छन्।

Next Post

रक्तस्रावबाट थलिएकी हुम्लाकी महिलाको हेलिकोप्टरबाट उद्धार

२७ फाल्गुन २०७९, शनिबार ०८:०९
हुम्ला — शुक्रबार हुम्लाको सर्केगाड गाउँपालिका–५ गोठी गाउँकी कलसी छत्याल शाही उच्च रक्तश्रावबाट थलिएपछि स्थानीय अस्पतालमा उनको उपचार सम्भव भएन । उनलाई तत्काल नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइयो । यस आर्थिक वर्षमा उनीसहित ६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । गर्भ तुहिएर दुई हप्तादेखि लगातार अत्याधिक रक्तस्राव भइरहेको कारण शाहीको अवस्था […]