सरकारी टोली बडिमालिका प्रस्थान

  ।   ४ भाद्र २०८०, सोमबार १४:५३

जुम्लाको सरकारी टोली सोमबार बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ।

नाग पञ्चमीको दिन तिर्थालु सहित सरकारी टोली दिउँसो १ बजे तिर बाजुरा जिल्लामा रहेको बडिमालिका भगवती मन्दिर दर्शनको लागि गएको हो।

बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगायत सर्व-साधारणले फुलमाला, अबिरसहित पञ्चेबाजाका साथ पठाएका छन्।

बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलीलाई दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतीको झोली र तिर्थालुलाई परिक्रमा गराएर बाजुरातर्फ पठाउने गरिएको छ।

त्यो मन्दिरमा वर्षको एक पटक सरकारी टोली पूजा गर्नको लागि जाने गर्दछ। बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलीलाई नेपाली सेनाले सलामी दिएर सदरमुकाम खलंगाबाट बिदाइ गरेको हो।

परम्परादेखि नै बलिमालिका जाने टोलीलाई नेपाली सेनाको टोलीले बेनबाजा र बिगुल फुकेर पठाउने चलन रही आएको संस्कृतीविद रमानन्द आचार्यले बताउँछन्।

जिल्ला प्रशासन जुम्लाका कार्यालय जुम्लाका सुब्बा एकराज गिरीको नेतृत्वमा आज प्रस्थान गरेको टोली १७ दिन पछि मात्र जुम्ला सदरमुकाम आइपुग्ने गर्दछ।

जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टिका, विनायो, चाँदीको कांगियो, छत्र, मुरुली गरी ५ वटा पुजाका सामान पेटारो झोलीमा राखेर बडीमालीका मन्दिरमा पुजाका लागि पठाइएको छ। त्यस्तै भक्तजनहरुले आफ्नो बरपुर्तिका लागि भेटिसँगै मार्सिधानको अक्षता, फूलपाती, फलफूल, ध्वजा तोरण जस्ता प्रसादहरु पठाएका छन्।

जिल्लाबाट गएको टोलीसँगै गाउँ गाउँबाट पनि अन्य भर्मालम्बीहरु थपिँदै जाने गर्दछन्। समाजसेवी चित्रलाल श्रेष्ठको घरबाट भगवती निकालेर चन्दननाथ, भैरवनाथ मन्दिर परिक्रममा पछि सो टोली बढिमालिका प्रस्थान गरेको हो।

Next Post

जुम्लाका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

४ भाद्र २०८०, सोमबार १४:५३
जुम्लाको तातोपानी गाउँपालिका-२ डागीवाडा गाउँका रामबहादुर रावललाई यतिबेला आफ्नो बगैंचाको स्याउ टिप्न भ्याईनभ्याई छ। यस्तै चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँका राममाया सिम्खाडा पनि स्याउ टिप्नमै व्यस्त छिन्। रावल र सिम्खडा मात्र होइन,अधिकांश किसानलाई स्याउ टिप्न चटारो छ। यतिबेला जुम्लामा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैंचामै भेटिन्छन्। उत्पादन हुुने क्षेत्रका किसानलाई […]