७ बुँदे सहमतिमा राहत शिक्षकको असन्तुष्टि

  ।   ५ आश्विन २०८०, शुक्रबार १८:२१

सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन्।

गृह मन्त्रालयमा सरकार र महासंघबीच भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरूले असहमति जनाएका हुन्।

माग सम्बोधन नभएको भन्दै नेपाल राहत शिक्षक संघतर्फका प्रतिनिधि बीचमै बैठक छाडेर बाहिरिएका हुन्।

समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए। उनले ४५ हजार राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको बताए।

Next Post

यस्ता छन् सरकार र शिक्षक महासंघबीच भएको सहमति

५ आश्विन २०८०, शुक्रबार १८:२१
न्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा सरकार र शिक्षक महासंघबीच  ७ बुँदे सहमति भएको हो। यस्तो छ सहमति १. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने । २. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको […]