ट्याक्टर दुर्घटना हुँदा ९ वर्षीय बालकको मृत्यु

  ।   ७ माघ २०७७, बुधबार १९:३०

जुम्ला । ट्याक्टर दुर्घटना हुँदा जुम्लामा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । बुधवार हिमा गाउँपालिका वडा नं. १ कोइरेलीबाट बालुवा लोड गरी नराकोट तर्फ जादै गरेको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाको नम्बर नभएको नयाँ ट्याक्टरको ढालाबाट खस्दा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिमा गाउँपालिका वडा नं. २ निवासी ९ वर्षीय हिमाल रोकायाको दुर्घटनामा मृत्यु भएको हो । ढालामा बसेका ३ तीन बालबालिकामध्ये मृत्यु हुने बालकले ट्याक्टरको अगाडिबाट हाम फालेको कारण घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Next Post

जाजरकोट–डोल्पा सडक खण्डमा तुइनको सहारामा तारिन्छ जीप

७ माघ २०७७, बुधबार १९:३०
डोल्पालाई राष्ट्रिय सडक सन्जालले छोएको दुई वर्ष पुरा भयो । चार वर्षअघि डोल्पा जाजरकोट सडकको त्रिपुरासुन्दरी नगरपालिकाको छलगाडमा औपचारिक रुपमा उद्घाटन गरिएको थियो । सडक उद्घाटन पछि डोल्पा राष्ट्रिय सडकसंजालसँग जोडिएको खबरहहरु बाहिरिए । सडक संजालमा जोडिएसंगै कष्टपुर्ण दैनिकी सहज र सुखदभई जीवनयापनमा परिवर्तन आउने आशारुपी किरणहरुले डोल्पालीका आँखाहरु खुशिले […]

सम्बन्धित