जुम्लामा प्रचण्ड माधव समुहको मसाल जुलुस

  ।   २१ माघ २०७७, बुधबार २१:४९

जुम्लामा प्रचण्ड माधव समुहले मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम र संवैधानिक अंगमा अनैतिक नियुक्तीको विरोधमा जुम्लाको खलंगामा मसाल जुलुस निकालिएको हो ।
सरकारले संविधानलाई वेवास्ता गर्दै संवैधानिक निकायहरुमा समेत नियुक्ति गरेको भन्दै प्रचण्ड माधब समुहले भोलि देशव्यापी आम हड्तालको कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री ओलीको ओलीको प्रतिगामी कदम असफल पार्न जुनसुकै कदम चाल्न तयार रहेको नेताहरुले बताएका छन् । आम हड्तालको लागि तयारी अवस्थामा रहन अघिल्लो दिन मसाल जुलुस निकालिएको नेकपा कर्णाली प्रदेश सदस्य पुर्णप्रसाद धितालले जानकारी दिए ।
उनले भने,‘ भोलिको आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहनेछन् । तर अत्यावश्यकीय सेवा बन्द हुनेछैनन् । ’

Next Post

जबर्जस्ती नियुक्ति, विरोधमा बन्द

२१ माघ २०७७, बुधबार २१:४९
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक आयोगका प्रमुख आयुक्त, अध्यक्ष तथा आयुक्त र सदस्य गरी ३२ जनालाई नियुत्ति गरेसँगै नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले नियुक्तिमा जबर्जस्ती गरिएको भन्दै बिहीबारका लागि आमहडताल घोषणा गरेको छ । सो समूहले आमहडताल गर्नु आफूहरूको बाध्यता भएको बताएको छ । बुधबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार […]