गोंगबुमा ट्याक्सीमा आगजनी, बन्द गर्ने ५६ जनालाई प्रहरीले लियो नियन्त्रणमा

  ।   २२ माघ २०७७, बिहीबार ०७:२०

काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्।

बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए।

‘प्रदर्शनकारीहरूले आगजनी गरेर गएका छन्,’उनले भने।

सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ।

प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए। सविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो।

बिहीबार बिहानैदेखि चोकचोकमा  बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन्।

अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५६ जनालाई नियन्त्रणमा लिइसकेको एसएसपी सिंहले जानकारी दिए।

Next Post

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

२२ माघ २०७७, बिहीबार ०७:२०
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् […]