कर्णाली अस्पतालमा घाँटीको मेरुदण्डको शल्यक्रिया

  ।   ४ असार २०७८, शुक्रबार १४:४१

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया भएको छ। भर्याङबाट खसेर घाँटीको मेरुदण्ड भाँचिएका जुम्ला तिला गाउँपालिका ७ घोडिसम गाउँका लोकबहादुर रोकायाको पहिलो पटक घाँटीको मेरुदण्डको शल्यक्रिया भएको हो।

हाडजोर्नी विशेषज्ञ डा. पुजनकुमार रोकायाको नेतृत्वमा डा.अर्जुन तिवारी, निराजन महासेट र डा. रमेश भट्टाइको टोलीले घाँटीको मेरुदण्डको सफल शल्यक्रिया गरेका थिए। कुरुवा लोकबहादुरका बुवा खुमिलाल रोकायाले भने,‘अस्पताल ल्याउने बेला दायाँ हात र दायाँ खुट्टा चल्थेन। राम्रोसित बोल्न सक्थेन। छोरा बाँच्दैन जस्तो लागेको थियो। परिवारले आशा मारिसकेका थियौँ। तर कर्णाली अस्पतालका डाक्टर सावले छोरो बचाइदिए।’

मेरो परिवारका लागि चिकित्सक नै भगवान हुन्। उनीहरु नै डक्टर। उनले भने,‘कर्णाली अस्पताल नल्याइदिएको भए छोरा मर्न पनि सक्थ्यो। यात जीवनभर अपांग भएर बस्नु परेको हुन्थ्यो।’

जेठ ३ गते अस्पताल भर्ना भएका लोकबहादुर अहिले हिँड्डुल गर्छन्। बोल्छन्। लोकबहादुरले भने,‘कर्णाली अस्पताल नआएको भए जीवन बर्बाद हुने थियो। चिकित्सकको अथक मेहनतका कारण आफ्नो जीवन बाँचेको भन्दै निकै खुसी भए।’

लोकबहादुरले भर्याङबाट खसेपछि गाउँको मेडिकलमा तीन दिन उपचार गराएका थिए। मेडिकलले दिएको औषधि प्रयोग गरे। सुइ लगाइदिएको थियो। कुरुवा खुमिलालले भने,‘त्यहाँ सुधार नहुने भएपछि अस्पतालसम्म ल्यायौँ। छोरा बाँच्छ जस्तो लागेको थिएन। बाँचेको खण्डमा पनि अपांग हुन्छ जस्तो थियो। तर पहिलेको अवस्थामा फर्किएको देख्दा निकै खुसी छु।’

हाडजोर्नी विशेषज्ञ डा. रोकाया यो जुम्ला अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताउँछन्। उनले भने,‘कर्णाली अस्पतालमा घाँटीको मेरुदण्डको अप्रेशन भएको थिएन। यो पहिलो हो। निकै जटिल शल्यक्रिया गरेर बिरामी निको भएका छन्। हामी यसैमा खुसी छौँ।’

कोरोनाको दोस्रो लहरका कारण लकडाउनको समय थियो। बिरामीलाई एमआरआई गर्नुपर्ने थियो। एमआरआई कर्णाली अस्पतालमा छैन। ‘बिरामीलाई बाहिरको अस्पतालसम्म पुग्न पनि कठिन हुने भयो। निकै ठूलो चुनौतिको सामना गरेर बिरामीको अप्रेशन गरियो,’ उनले भने,‘ निकै ठूलो चुनौतिको सामना गरेर गरिएको यो अप्रेशनले नागरिकबीचमा सकारात्मक सन्देश फैलाउँनेछ।’ बर्षाले सडक अवरुद्ध हुँदा बिरामी ल्याउन लैजान समेत सकस थियो।

लकडाउनको बीचमा हाडजोर्नीका ३८ अप्रेशन भएका छन्। जसमा २७ जना जुम्लाको र ११ कालिकोटका छन्। डा. रोकायाले भने,‘यो अप्रेशनमा नर्सिङ, आइसियु, एनस्थेसिया र रेडियोलोजी विभागले साथ दिएका थिए। उनीहरु सबै धन्यावादका पात्र हुन्।’

कर्णाली प्रतिष्ठानका प्रवक्ता भट्टराइले कर्णाली प्रतिष्ठानमा निकै महत्वपूर्ण शल्यक्रिया भएको बताए। उनले भने,‘यो शल्यक्रियाका बारेमा जनतासम्म सन्देश लैजान जरुरी छ। जतिसुकै जटिल शल्यक्रिया पनि जुम्लामा संभव छ।’

घाँटीको मेरुदण्डको अप्रेशन धेरै अस्पतालमा हुँदैनन्। थोरै ठाउँमा हुन्छ। घाँटीको अप्रेशन निकै क्रिटिकल छ। यो कर्णाली अस्पतालमा संभव भयो। उनले भने,‘ कर्णाली अस्पतालमा भएका यस्तै जटिल प्रकारको शल्यक्रियाले सबैको ध्यान केन्द्रित गरेको छ।’

पहिले कर्णालीबाट सामान्य बिरामी पनि रेफर गर्नु पर्ने अवस्था थियो। अहिले जटिल प्रकारको अप्रेशन गरेर सुगमका बिरामी कर्णालीमा उपचार गर्न आउँछन्।

Next Post

मनकारी युवा नेता शाही, जो संकटको बेला घरदैलोमा पुगे

४ असार २०७८, शुक्रबार १४:४१
जुम्ला हिमा गाउँपालिका १ बड्की निबासी नेपाली काँग्रेसका युवा नेता लक्षण शाही स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेस पार्टीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार थिए । उनले गाउँपालिका भित्रको स्वास्थ्य शिक्षामा आमुल परिवर्तन ल्याउने देखि रोजगारी सिर्जना गर्ने घोषणा पत्र सार्वजनिक गरे । तर निर्वाचनमा नेकपा माओबादीका उम्मेदवार रजबहादुर शाहीबाट उनी पराजित भए । […]

सम्बन्धित