राजधानीमा ओली समूहको मार्चपास

  ।   २२ माघ २०७७, बिहीबार १५:४१

काठमाडौं :  प्रधानमन्त्री केपी ओली समूहले राजधानीमा मार्चपास सुरु गरेको छ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहले आमहडताल गरेकै दिन यो समूहले राजधानीमा मार्चपास गरेको हो। ओली समूहले भोली माघ २३ गते राजधानीमा जनसभा गर्दैछ।

‘नेपाल बन्द होइन बन्दैछ, केपी ओली आइ लभ यू, अघि बढ केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, केपी ओली जिन्दावाद’ लगायतका नारा लगाउँदै ओली समूह मार्चपासमा उत्रिएको हो। 

पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेला भएको छ। एउटा समूहको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन्।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै  प्रचण्ड-नेपाल समूह सडक संघर्षमा छ भने यता ओली समूह पनि विभिन्न जनसभाका कार्यक्रम गर्दै आएको  छ। मार्चपासको नेतृत्व नेता महेश बस्नेतले गरेका छन् ।

Next Post

कर्णालीका मुख्यमन्त्री नै हड्ताल गर्न सडकमा

२२ माघ २०७७, बिहीबार १५:४१
सुर्खेत- नेकपा दाहाल-नेपाल समूहले जारी राखेको आमहड्ताललाई सफल बनाउन कर्णाली प्रदेशमा मुख्यमन्त्री पनि सडकमा उत्रिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी आमहड्ताललाई सफल बनाउन सडकमा उत्रिएका हुन्। स्थानीय मंगलगढी चौकमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले […]