कर्णालीका मुख्यमन्त्री नै हड्ताल गर्न सडकमा

  ।   २२ माघ २०७७, बिहीबार १६:१२

सुर्खेत- नेकपा दाहाल-नेपाल समूहले जारी राखेको आमहड्ताललाई सफल बनाउन कर्णाली प्रदेशमा मुख्यमन्त्री पनि सडकमा उत्रिएका छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी आमहड्ताललाई सफल बनाउन सडकमा उत्रिएका हुन्।

स्थानीय मंगलगढी चौकमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदका विरुद्ध सडकमा आउनु परेको प्रतिक्रिया दिएका छन्।

असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको विरुद्ध आन्दोलन गर्नुपरेको मुख्यमन्त्री शाहीले बताए।

Next Post

प्रचण्ड-माधव पक्षले भन्यो : आम हड्ताल पूर्ण सफल भयो

२२ माघ २०७७, बिहीबार १६:१२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ। केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरे । आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता […]