कर्णालीमा कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित

  ।   २४ फाल्गुन २०७७, सोमबार १८:१०

कर्णाली प्रदेशमा अत्यधिक बर्षा संगै परेको हिउँले कोरोना विरुद्धको खोप कार्यक्रम प्रभावित बनेको छ । उच्च हिमाली क्षेत्रमा हिउँ परिरहेको छ । तल्लो क्षेत्रमा लगातार बर्षा भएपपि खोप लगाउन सकिएको छैन । कर्णालीको जुम्ला,हुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा गाउँमा खोप पुर्याउन समेत समस्या भइरहेको छ ।
गाउँगाउँ सम्म मोटरबाटो नजोडिएको र बोकेर लिनु पर्ने भएको समयमै खोप लगाउन नसकिएको हो । कर्णाली करिडोर क्षेत्रमा भने खोप लगाउने कार्यक्रम चलिरहेको छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय आइतबार देखि शुरु भएको खोप कार्यक्रम अवरुद्ध भएको जनाएको छ । रातिबाट नै हिउँर बर्षा भएर अत्यधिक चिसो बढेकोले खोप कार्यक्रम निकै प्रभावित भएको हो ।
निर्देशनालयका अनुसार हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु र माथिल्लो डोल्पामा खोप लगाउने कार्यक्रम रोकिएको छ । निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले भने,“प्रदेशका हिमाली जिल्लाका माथिल्लो भेगमा हिमपात हुँदा खोप कार्यक्रम हुन सकेकोे छैन् । हिमपात रोकिएको खण्डमा बुधबारदेखि सुरु गछौं । ”
पहिलो दिनमा कर्णाली प्रदेशका १४ हजार ५६ जनाले खोप लगाएका छन् । ८ स्थानीय तहबाट भने अझै रिर्पोट आउन नसकेको उनले बताए ।
कर्णालीका १० जिल्लामा २ सय ८८ खोप केन्द्र तोकेर कोरोनाविरूद्धको खोप लगाउने काम भइरहेको हो ।
सडक मार्गको पहुँच सबै गाउँमा नभएकोले कर्णालीका दुर्गम गाउँमा खोप लैजान सकस भएको थियो । प्रदेशका माथिल्लो कर्णाली विशेष गरी कालिकोट, जुम्ला, हुम्ला डोल्पा र मुगु जिल्लाका दुर्गम गाउँमा सडक मार्ग नहुँदा खोप लैजान समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका हुन् ।
फागुन २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको खोप ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई लगाउने अभियान सुरु भइरहेको थियो । तर सडक मार्ग नभएका कारण खोप ढिलो गाउँमा पुग्यो । हिउँ र बर्षाले खोप लगाउन मिलेको छैन ।
जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाइले जुम्लाका ३ हजार २ सय जनालाई कोरोना खोप लगाउने बताए । एक नगरपालिकासहित ८ स्थानीय तहमा ६२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । २२ वटा खोप केन्द्रमा फागुन २३ गते खोप शुरु भइसकेको थियो ।
जनस्वास्थ्य कार्यालय मुगुका प्रमुख डा. निर्मल नगरकोटीे मुगुको भौगोलिक विकटता हेरेर खोप केन्द्र विस्तार गर्न र सहज रूपमा स्वास्थ्यकर्मी परिचालन गरेर नागकिरलाई खोप दिने लक्ष्य रहेको बताउँछन ।
मुगुका ४ वटै स्थानीय तहका स्वास्थ्य संयोजकसँगै स्वास्थ्यकर्मीलाई तालिम दिएर पठाइएको छ, उनले भने,“यसअघि मुगुमा ८२ प्रतिशत नागरिकले खोप लगाएका छन् । दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सहज वातावरणमा खोप लगाउँछौँ ।’” मुगुमा ३ हजार ५ सय जना ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । हिमाली जिल्ला भएको र भौगोलिक विकटताका कारण अभियान स्थानीयको पहुँचमा पु¥याउन नसक्दा समस्या आएको छ । मुगुमा कोरोना संक्रमित नहुनुले पनि खोपको प्रभाकारिता खासै उपयुक्त नरेहको जनाइएको छ ।  अत्यधिक चिसोका कारण खोप लगाउन र गाउँमा खोप पुर्याउन सकस भइरहेको छ ।

Next Post

अब गाउँमै आखाँको उपचार

२४ फाल्गुन २०७७, सोमबार १८:१०
जुुम्ला,फागुन २८। जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आखाँ उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई आखाँको रोगको उपचार गर्न सहज भएको छ । गाउँमा धुलो र धुवा हुने भएकोले आँखाका बिरामीको संख्या बढ्दो छ । गाउँपालिका र नेपाल नेत्रज्योति संघको समन्वयमा पहिलो पटक जुम्लाको सिँजा गाउँपालिकामा आखाँ उपचार केन्द्र स्थापना भएको हो । […]

सम्बन्धित