विद्यालयमा प्रतिभा पुरस्कार अक्षयकोष

  ।   ७ बैशाख २०७८, मंगलवार १३:२२

जुम्लाको हिमा गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा विद्यालय प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरिएको छ । हरेक बर्ष अक्षयकोषमा संकलित रकमबाट प्रतिभा पुरस्कृत गर्ने हेतुले अक्षयकोष स्थापना गरिएको हो । प्रतिभा पुरस्कार अक्षयकोष स्थापनाको लागि अभिभावकले साथ दिएका छन । उनीहरुले ६ लाख ३३ हजार रुपैयाँ अक्षयकोषमा जम्मा गरेका हुन ।
यो अक्षयकोषले अभिभावकलाई जिम्मेवार बनाउनेछ । विद्यार्थीलाई लगनशिल बनाउनेछ । विद्यालयलाई कर्तव्यवोध गराउनेछ,नेपाली काँग्रेसका युवा नेता लक्ष्मण शाहीले भने,‘यो कोष गुणस्तरीय शिक्षाका लागि एक आधार स्तम्भ हो । ’
निर्माण व्यवसायी संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष अभिभावक बिर्खबहादुर शाहीले एक लाख ७५ हजार एक सय ५१ रुपैयाँ अक्षयकोषमा जम्मा गरे । नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले एक लाख ५१ हजार एकसय ५१ रुपैयाँ, हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले एक लाख पाँच हजार एकसय ५१ रुपैयाँ दिने घोषणा गरे ।
ज्येष्ठ नागरिक अगुवा मलभिम शाहीले एक लाख एक हजार एकसय एक रुपैयाँ र स्थानीय अगुवा नरबहादुर शाहीले ५१ हजार एक सय एक रुपैयाँ विद्यालयले स्थापना गर्ने प्रतिभा पुरस्कार तथा अक्षयकोषमा सहयोग गरे । हिमा १ का सचिव मानबहादुर शाहीले ५० हजार एक सय ५१ रुपैयाँ विद्यालयको अक्षयकोषमा उपलब्ध गराउने घोषणा गरेका छन । शिक्षा सवैभन्दा ठूलो सम्पति हो । विद्यालयको स्तरउन्नतिका लागि सहयोगको कमी हुन दिदैनौँ । उनले भने,‘ विद्यालय व्यवस्थापन र आर्थिक व्यवस्थापन पारदर्शी हुनुपर्छ । विद्यालयको विकासका लागि अभिभावक लागि पर्छौ । ’
हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले गाउँपालिकाले शिक्षा क्षेत्रमा पहिलो प्रथामिकता दिएको बताउँदै कालिका माध्यामिक विद्यालय सहित गाउँपालिकाका विद्यालयहरुको भौतिक पूर्वाधार र स्तरउन्नतिका लागि स्थानीय सरकार सकारात्मक हुदै आएको बताइन । शिक्षा विना जीवन अन्धकार झैँ हुन्छ । उनले भनिन्,‘त्यसैले सवैलाई पढाउने र गुणस्तरीय शिक्षा दिन अभिभावक, शिक्षक र विद्याथीहरुले स्पष्ट रणनिति बनाएर अगाडि बढ्न जरुरी छ । ’
नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमख लक्ष्मण शाही विद्यालयको स्तरउन्नतिका लागि सवैको सहकार्य आवश्यक रहेको बताउँछन । उनले यो विद्यालयबाट उत्पादित आश लाग्दो जनशक्ति देशका विभिन्न ओहदामा पुगेकाले भावी जनशक्तिका लागि अपुग बिषयमा गर्नुपर्ने सहयोगमा लागि पर्ने बताए । नपढेका पुर्खाले विद्यालय जन्माईदिएकोमा स्मरण गर्दै अव राम्रो गर्ने जिम्मेवारी सबैको रहेको बताए ।
विद्यालयमा ३६० छात्रा र २५१ छात्र गरि अहिले ६११ विद्यार्थी अध्ययनरत छन । विद्यालयमा प्राविधिक धार सहितका १८ जना शिक्षक दरवन्दी रहेको छ । तीनहजार ८ सय बर्गमिटर जग्गा रहेकोमा बढाउने तयारी भईरहेको छ ।

Next Post

कर्णालीमा चैतेदशैँमा सार्वजनिक बिदा

७ बैशाख २०७८, मंगलवार १३:२२
कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो। कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्व झैँ उत्सवका साथ मनाउने गरिन्छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू […]