किसानको बगैँचामा कर्णालीका कृषि सचिव

  ।   २५ बैशाख २०७८, शनिबार २०:१४

कर्णाली प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र जुम्ली किसानको स्याउ बगैँचामै पुगेका छन । उनले स्याउ बगैँचामा पुगेर किसानको मनोबल उचो बनाउने कार्य गरेका हुन । बगैँचामा जाने किसानलाई बगैँचामै सम्मान गर्ने, व्यवसायिक किसान बन्न हौसला दिने र प्रमुख आम्दानीको स्रोत स्याउ खेतिलाई बनाउन सुझाव दिएका हुन ।
जुम्लाको गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा स्थापना भएको फुजि स्याउको बगैँचामै पुगे । बगैँचामै पुगेर लगानीकर्ता मिनबहादुर भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरे । सचिव मिश्रले भने,‘किसान स्याउ बगैँचा बनाउन आकर्षित छन । ब्यवसायीक किसान बनेर आत्मनिर्भर बन्ने बाटोमा छन । यहीबाटोमा हिड्न सरकारले साथ दिइरहेको छ । ’
बगैँचामै सचिव पाउँदा किसान उत्साहित छन । उनीहरुले बगैँचा स्थापनामा देखिएका चुनौति र समस्याका बारेमा सचिव मिश्रलाई खुलेर सुनाएका थिए । सचिव मिश्र चन्दननाथ नगरपालिका स्थित भरत बुढ्थापाको बगैँचामा पुगे । बगैँचा व्यवस्थापन र विरुवाको अवस्था अवलोकन गरेर किसानलाई स्याउखेतिमा निरन्तर लाग्न सुझाव दिए ।
तातोपानी गाउँपालिका ६ हियाखोलामा स्थापना गरिएको सामुहिक स्याउ बगैँचामा पनि कर्णालीका कृषि सचिव पुगे । उनले सामुहिक स्याउ खेतिले गाउँको समृद्धि ल्याउने विश्वास गरे । उनले भने,‘किसानले माटोको माया गर्नुपर्छ । माटोमा स्याउ फलाउनुपर्छ । ’
पुगेको बगैँचामा कृषि सचिवले आफ्नो स्वागतका लागि तयार पारीएका सामाग्रीले किसानलाई सम्मान गरे । किसान अन्नदाता हुन । उनले भने,‘आर्थिक समृद्धिको आधार नै कृषि क्षेत्र हो । समृद्धिको यात्रामा सरकार, किसान सबै संगसंगै अघि बढ्नुपर्छ ।’
कृषि सचिव मिश्र संगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन स्याउका प्रमुख नवराज भण्डारी,कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा, कृषि विज्ञ बेदप्रसाद चौलागाइँ लगायत बगैँचामै पुगे ।स्याउ किसानका दुखेसा सुने । किसानको काम प्रति उत्साहित हुदै आगामी दिनमा सफलताको कामना गर्दै फर्किए ।

Next Post

पोखरेलविरुद्ध पुनःअविश्वास प्रस्ताव दर्ता

२५ बैशाख २०७८, शनिबार २०:१४
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध  फेरी अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गरेका  कांग्रेस सचेतक फकरुद्धीन खानले बताए। अविश्वास प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेको खानले बताए। माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता […]