चन्दननाथ नगरपालिकामा आइसोलेसन नहुँदा संक्रमित घरघरमा

  ।   १ जेष्ठ २०७८, शनिबार २१:०५

जुम्लाको चन्दननाथ नगरपालिकाले आइसोलेसन कक्ष बनाउन नसक्दा संक्रमित सबै होमआइसोलेसनमा बसेका छन । यहाँका एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा सबैभन्दा बढि संक्रमित चन्दननाथ नगरपालिका भित्रका छन । नगरपालिका भित्र ६७ जना संक्रमित भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।
सहरी क्षेत्र र जनघनत्व पनि अरु गाउँपालिका भन्दा बढी नै छ । तर यहाँ आइसोलेसन बनिसकेको छैन । संस्थागत आइसोलसेन नभएकाले सबै संक्रमित होम आइसोलेसन बस्ने गरेको स्थानीय बताउँछन । घरमा बस्ने भएकोले संक्रमितहरु बेवारिसे अवस्थामा बस्ने गरेका हुन । नगरपालिकाले आइसोलेसन बनाएर संक्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा हुनु पर्ने हो । तर, संक्रमित नै एक ठाउँबाट अर्काे ठाउँमा जाने गरेका कारण अत्यधिक जोखिम बढेको स्थानीय बताउँछन ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार पातारासीमा ३२ जना, गुठीचौरमा २६ जना,तातोपानीमा ५ , तिलामा ११ , हिमा २ सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा ३२ जना कोरोना संक्रमित छन । अन्य ३८ जना गरी २२४ कोभिडको विरामी रहेका छन् । स्थानीयतह आइसोलेसन निर्माण गरेर संक्रमित राख्ने तिर चासो नदिइएको आरोप स्थानीयको छ । कोरोना संक्रमितको दर ह्वात्तै बढेपछि १ जेठदेखि ११ गतेसम्म स्वास्थ्य क्षेत्रबाहेक सबै ठप्प पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बताउँछन ।
उनले भने,‘हरेक स्थानीय तहमा न्युनतम ५०÷५० बेडको आइसोलेसन निर्माण गर्न आग्रह गरिएको छ । ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउन भनिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय स्थानीयतहले लागु गरेको खण्डमा संक्रमितको व्यवस्थापन राम्रै हुनेदेखिन्छ । सबैक्षेत्र चनाखो र जिम्मेवार हुनु अहिलेको आवश्यकता हो ।’
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल संघीय सरकारले बजेट व्यवस्थापन नगरेकोले आइसोलेसन बनाउन नसकिएको बताउँछिन । उनले भनिन्,‘नगरपालिका भित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ भनेर बजेट आउँदैन । हामी कसरी आइसोलेसन बनाएर संक्रमितको व्यवस्थापन गरौँ । ’
उनले नगरपालिकामा बजेट अभावका कारण आइसोलेसन बनाउन नसकिने बताउँछिन । ‘कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मी खटिएका छौँं,’ उनले भनिन्, ‘होमआइसोलेसनमा बसेका संक्रमितलाई पोषणयुक्त आहारा दिन्छौँ । स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यन्वयन गर्न सचेतना दिन्छौँ । तर संक्रमित होमआइसोलेसनमा नै बसेका छन । ’
संक्रमित होम आइसोलेसनमा बस्न थालेपछि स्थानीय त्रासिद छन । उनीहरु संक्रमितको व्यवस्थापन गरेर कोरोना फैलन नदिन स्थानीय सरकारलाई आग्रह गर्छन । कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार हरेक स्थानीय तहमा चिकित्सक पठाउने कर्णाली प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने, ‘स्थानीय तहमा चिकित्सकलाई बस्ने वातावरण स्थानीय सरकारले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रतिष्ठानले चिकित्सक खटाउँछ ।’
कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा स्थानीय तहका प्रमुख,अध्यक्षले गाउँपालिकामै आइसोलेसन कक्ष निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन । चन्दननाथ नगरपालिकाका मेयर सेजुवाल होम आइसोलेसनमा बसेका संक्रमणको लागि पोषिलो खाना दिदै गाउँगाउँमा पुग्ने गरेकी छिन् ।

Next Post

संक्रमितको घरदैलोमा मेयर कान्तिका सेजुवाल

१ जेष्ठ २०७८, शनिबार २१:०५
जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल पोसिलो खाना बोकेर कोरोना संक्रमितको घरदैलोमा पुगेकी छिन् । उनी पोसिलो खानेकुरा, स्वास्थ्य सामाग्र र भिटामिन लिएर संक्रमितको घरदैलोमा पुगेकी हुन । पोसिलो खानेकुरा लिएर घरदैलोमा मेयर सेजुवाल पुगेपछि संक्रमित निकै खुसि भएका छन । मेयर सेजुवालले नगरपालिका स्तरीय विपद व्यवस्थापन समितिको […]