जुम्लामा संक्रमितको संख्या २७९ पुग्यो

  ।   ४ जेष्ठ २०७८, मंगलवार १७:०६

जुम्लामा कोरोना कोरोना संक्रमितको संख्या २७९ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षण गर्दा १६३ जना र जनस्वास्थ्य कार्यालय जुम्लाले एन्टीजेट परीक्षण गर्दा ११६ जना गरी २७९ जनालाई कोरोना पुष्ट भएको हो ।

संक्रमित मध्ये ७८ जनालाई निको भएको छ । प्रतिष्ठानले ४७९ जनाको पिसिआर परीक्षण गरेका हो । त्यसैगरी, जनस्वास्थ्य कार्यालय जुम्लाले ९७१ जनाको एन्टीजेट परीक्षण गरेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए ।

चन्दननाथ ९१, हिमा ३, पातारासी ३६, गुठीचौर ३८, तिला १३, कनकासुन्दरी ३४, तातोपानी १०, सिजा ८ जना र अन्य ४४ जना संक्रमति रहेका छन् । कनकासुन्दरी गाउँपालिका १९ जना संक्रमित मात्रै संस्थागत आइसोलेसनमा बसेका छन् भने अरु होम आइसोलेनमै रहेका छन् ।

जनस्वास्थ्य कार्यालय जुम्लाको प्रतिबेदन अनुसार हिमा २०, पातारासी ३०, गुठीचौर ५, कनकासुन्दरी ५०, तातोपानी २०, सिजा ३० बेड गरी १५५ वेड आइसोलेसन भएपनि संक्रमित राखिएका छैनन् ।

चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा आइसोलेसन कक्ष बनाएका छैनन् । त्यसैगरी चन्दननाथ बाहेक अन्य सवै स्थानीय तहमा ५÷५ बेडका अस्थायी कोभिड अस्पताल पनि बनाएका छन् । गुठीचौर ५, तिला ३ र कनकासुन्दरी १ वटा सिलिण्डरको पनि व्यवस्थापन गरेका छन् ।

तिला गाउँपालिकाको अस्थायी कोभिड अस्पतालमा कोभिड चिकित्सक १ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जना ९ जना कोभिड चिकित्सक परिचालन भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा २५ जना रहेको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । भेन्टिलेटरमा २ जना र आईसीयूमा ४ जना रहेको उनले जनाए ।

Next Post

शवघाट व्यवस्थापन स्थल छनौटमा अन्यौलता

४ जेष्ठ २०७८, मंगलवार १७:०६
कालिकोट तिलागुफा ४ का ६४ वर्षीय सिंहबहादुर शाहीको कोरोना संक्रमणका कारण जेठ २ गते मृत्यु भयो। कोरोना संक्रमण देखिएपछि वैशाख २२ गते उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरिएको थियो। उपचार गर्दा गर्दै शाहीको मृत्यु भएपछि मृतकको शवलाई नेपाली सेनाको शव व्यवस्थापन टोलीले आफन्तको माग अनुसार गाउँमै […]

सम्बन्धित