राष्ट्रपतिको कदम असंवैधानिक : काँग्रेस

  ।   ६ जेष्ठ २०७८, बिहीबार २१:५६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ ।

संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको काँग्रेसले जनाएको हो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत हो । आपत्तिजनक र असंवैधानिक  छ ।’

नयाँ सरकार गठनका लागि दिइएको २१ घण्टाको समय अवधी तोकिनु आश्चर्यको विषय भएको उनले बताए ।  यसबारे शुक्रबार बिहान पार्टीका शीर्षस्थ नेताबीच छलफल गरेर रणनीति बनाउने उनले बताए ।

यस्तै नेपाली काँग्रेस राष्ट्रियसभाका दलको नेता राधेश्याम अधिकारीले पनि मन्त्रिपरिषदको निर्णय असंवैधानिक भएको जिकिर गरे ।वरिष्ठ अधिवक्ता समेत रहेका उनले भने, प्रधानमन्त्रीले पहिले राजीनामा गर्नुपर्छ ।  राजीनामा नगरिकन मार्गप्रशस्त गरेर मात्र उहाँले सुख पाउनुहन्न । तर कारण उहाँले जुन निर्णय गर्नुभएको छ । त्यो असंवैधानिक छ ।

प्रधानमन्त्रीले विश्वासको मत दिन नचाहेको अवस्थामा राजीनामा दिएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अधिकारीले बताए ।’उहाँले विश्वासको मत मागेर विश्वासको मत प्राप्त गर्न नसकेको भएको भए उहाँले राजीनामा दिनुपथ्र्यो कि पर्दैन थियो ? अस्ति विश्वासको मत प्राप्त गर्न नसकेपछि राजीनामा दिएको हो । यतिबेला उहाँले विश्वासको मत प्राप्त नगरेकै सरहको अवस्था छ,’ उनी छन् ‘उहाँले फ्लोर टेस्ट गर्ने गर्न चाहनु भएन । पहिला उहाँले राजीनामा दिनुपथ्र्यो । राजीनामा नदिइ गरिएको जुन निर्णय छ, त्यो असंवैधानिक हो ।’

असंवैधानिक रुपमा गरिएको सिफारिस राष्ट्रपतिले सच्याएर ल्याउन नलागेकोमा संविधानविद समेत रहेका अधिकारीको  गुनासो छ । ‘त्यसरी असंवैधानिक रुपमा गरिएको सिफारिस राष्ट्रपतिले सच्याएर ल्याउ भन्नु पथ्र्यो । तपाईले विश्वासको मत लिनुहुन्न भने  राजीनामा दिएर आउनुहोस् भन्नुपर्थ्यो । त्यो काम राष्ट्रपतिको कार्यालयबाट भएन । यो पनि राम्रो भएन,’ अधिकारीले भने ।

उनले राष्ट्रपतिको कार्यालयबाट वैकल्पिक सरकार बनाउन दिएको समय सीमामाथि प्रश्न उठाए ।

Next Post

कोरोना कहरमा भरोसाको केन्द्र कर्णाली अस्पताल

६ जेष्ठ २०७८, बिहीबार २१:५६
जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल कोरोना कहरमा सबैको आशा र भरोसाको केन्द्र बनेको छ । कर्णाली प्रतिष्ठानबाटै कोरोना संक्रमणका बिरामीको उपचार गर्न चिकित्सकहरु परिचालित छन । तत्कालिन कर्णालीको मुगु,कालिकोट,हुम्ला, डोल्पा, जुम्लाका सबै स्थानीयतह, पश्चिम रुकुम र बाँके जिल्लामा कर्णालीमा उत्पादित चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन भएका हुन । […]