निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

  ।   ८ जेष्ठ २०७८, शनिबार १५:२३

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। आज बिहान बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटघाटमा सो निर्देशन दिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ अघि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्।

शुक्रबार मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेसँगै आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन हुने भएकाे हाे।

Next Post

विपक्षी गठबन्धनको निश्कर्ष: राष्ट्रपति र प्रधानमन्त्रीको कार्य स्वेच्छाचारी

८ जेष्ठ २०७८, शनिबार १५:२३
विपक्षी गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीको कार्य स्वेच्छाचारी भएको निश्कर्ष निकालेको छ। नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त वक्तव्यमा जारी गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने बाध्यकारी प्रावधानको […]