जुम्लाको तिला गाउँपालिका २ का १८ बर्षिय दिपेश बोहोराले ५ सय अमेरिकी डलर पाएका छन । सामाजिक सञ्जालमा फेसबुकमा विभिन्न कमजोरी औल्याइदिए बापत्त उनले ५ सय अमेरिकी डलर पाएका हुन । जसको नेपाली रुपैयाँ ५८ हजार हुन्छ । कर कटौती गरेर ५२ हजार १ सय ४२ रुपैयाँ खातामा आएको दिपेशले बताए ।
अझै १ हजार अमेरिकी डलर आउन बाँकी रहेको उनले बताए । यो काममा लागेको दुई महिना भयो । उनले भने,‘दुई महिना भित्रै फेसबुक अवार्ड पनि पाए । फेसबुकको कमजोरी पत्ता लगाउनेमा विश्वभर ९४ औँ स्थानमा छु । उनले भने,‘कर्णाली प्रदेशमा पहिलो । ’
फेसवुकमा २ वटा गल्तीहरु पत्ता लगाएको उनी बताउँछन । बोहोरा हाल सिसिआर दिपेश सिसिआर कलेज काठमाण्डौँमा बायोलोजी साइन्स विषय लिएर अध्ययनरत छन । उनले जुम्ला चन्दननाथ नगरपालिका ४ भारतीवाडामा रहेको सेन्टपोल बोर्डिङ स्कुलबाट शैक्षिक यात्रा प्रारम्भ गरेका थिए ।
दिपेश कक्षा १ देखि ८ सम्म सधँै प्रथम स्थान हासिल गदैए आएका थिए । घरमा पहिलो सन्तानको रुपमा जन्मिएको छोराको तल्लो कक्षबाट नै अध्ययनमा गतिलो थियोे,बुवा शेरबहादुरले भने,‘एसईइमा ए प्लस ल्याई उतिर्ण भए । ’बुवा शेरबहादुर बोहोरा र आमा आमा गौरी बोहोराको कोखबाट उनले जन्म लिएका हुन ।
दिपेश जुम्ला सदरमुकाम खलंगामा आफ्नो काकी पवित्रा रोकायाको घरमा बस्दै आएका छन । छोरो सरकारी सेवामा लागोस भन्ने चाहना छ । शेरबहादुरले भने,‘छोराको रुची छैन । नेट इन्टरनेटमै काम गर्न रुचाउँछ ।’पछिल्लो समयमा छोरा दिपेशले गरेको काम प्रति परिवारमा खुसि छाएको दिपेशका परिवार बताउँछन ।