जुम्ला–जाजरकोट जोडिदैँ

  ।   ७ श्रावण २०७८, बिहीबार १७:२६

जुम्लाको तिला गाउँपालिका ३ स्थित त्रिवेणीमा तिला नदिमाथि पक्की पुल निर्माण भएको छ । जुम्ला देखि जाजरकोट जोड्नको लागि ६ बर्ष पहिले देखि पक्की पुल निर्माण कार्य शुरु भएको थियो । पुल निर्माण कार्यमा ढिलासुस्ती हुदा त्यो सडक हुदै तातोपानी ७ र ८ मा जाने सर्वसाधारणलाई सास्ती हुने गरेको थियो ।   अहिले पुल निर्माणको काम सकिएपछि कर्णाली राजमार्ग देखि भेरीखोला हुदैँ जाजरकोट जान निकै सहज भएको स्थानीय बताउँछन । तिला नदिमा ५२.१५ मिटरको पक्की पुल निर्माण भएको हो । पुर्वाधार विकास कार्यालय जुम्लाका अनुसार पक्की पुल बनेपछि सहजै रुपमा सवारीसाधन आवतजावत गर्न सकिने अवस्था रहेको जनाएको छ ।

कार्यालय प्रमुख रुपकबहादुर रावले भने,‘जनताले आशा मारीसकेको पुलको निर्माण सम्पन्न हुनुले निकै खुसि तुल्याएको छ । यो पुल संघीय संरचना पछि पुर्नजीवित पुल हो । ’  कुल चार करोड १२ लाख रुपैयाँको लागतमा पुल बनेको हो  । २०७३ साल असार ५ गते निर्माण कार्यका लागि सम्झौता शुरु भएको थियो । यो बीचमा ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अघि बढ्न सकेन । केन्द्रीकृत संरचना हुदाँको प्राविधिक कार्यालयले पुल निर्माणको काम शुरु गरेको थियो ।

  पुल  २०७५ साल जेठ ३१ गते बनिसक्नु पर्ने थियो । प्रमुख रावलले भने,‘अलपत्र पुल पुर्वाधार विकास कार्यालयको शुरुवात संगै निर्माण कार्य प्रारम्भ भयो । अहिले निर्माण कार्य सकिएर आवतजावतको काम भइरहेकोछ  ।’  कर्णाली प्रदेशकै पहिलो उच्च जोखिम मोलेर पुल निर्माण भएको उनी बताउँछन ।  यसको निर्माण फरक र जटिल प्रकृतिको छ ।  लामो समय देखी निर्माण शुरु भएपनि अलपत्र परेको थियो, उनले भने,‘ पुल निर्माणपछि जुम्लाको साविक ताम्ति गाविस हात तातोपानी गाउँपालिकाको ७ र ८ वडामा यात्रा गर्न सजिलो हुनुका साथै जाजरकोट जाने यात्रुहरुलाई निकै सह बनेको छ । ’

जाजरकोटबाट जुम्ला भित्रिने जुम्ला जाजरकोट सिमाना सम्म  कच्ची सडक जोड्न    पूर्वाधार विकास कार्यालयले  दुई करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ । अहिले  जुम्लाको  ईमिल्चा हुदै जाजरकोट सम्म  जोड्ने सडक खन्ने कार्य भइरहेको छ ।  लामो समय देखि अलपत्र पक्की पुल बनेपछि स्थानीय खुसि छन । तातोपानी ७ का जनक कुँवर अबको यात्रा निकै ढुक्क र सहज हुने भएको बताए । पहिले तिला नदिन तराएर सवारीसाधन चलिरहेका थिए । बर्षायाममा पानीका वहाफ बढ्दा यातायात सेवा ठप्प हुने गरेको थियो । यो समयमा बिग्रेका सवारीसाधन नदि पारी नै थन्काउनु परिरहेको हुन्थ्यो ।

पुल बनेपछि स्थानीयको खुसिको सिमा छैन । उनले भने,‘अब ढुक्क संग मोटर चढेर गाउँमा पुग्ने अवस्था आइसक्यो । गाउँगाउँमा दैनिक उपभोग्य सामाग्री दुर्गम क्षेत्रमा ढुवानी गर्न निकै सहज हुने भएको छ । गाउँमा उत्पादिन स्थानीयबाली र जडिबुटी पनि निर्यात गर्न सहज भएको छ । पुल नहुँदा सडकले समृद्धि ल्याउन सकेको थिएन । पुल बन्यो आर्थिक समृद्धि हुने आशा पलाए

Next Post

पाठ्यपुस्तकको रकम विद्यालयको खातामा, विद्यार्थी पुस्तकविहिन

७ श्रावण २०७८, बिहीबार १७:२६
जुम्लामा फागुन महिना देखि नयाँ शैक्षिक सत्र हुन्छ । फागुन र चैत महिनामा भर्ना अभियान चल्छ । यो पटक नयाँ शैक्षित्र शत्र शुरु त भयो तर न विद्यार्थीले पढ्न पाए । नत विद्यालय नै खुले । कोरोना महामारीका कारण बन्द भएका यहाँका विद्यालय खुल्न सकेका छैनन । विद्यार्थीले पाठ्यपुस्तक पनि […]