तिब्बत सरकारले नेपाललाई दियो १५० सिलिन्डर लिक्विड अक्सिजन

  ।   ६ जेष्ठ २०७८, बिहीबार १२:५७

काठमाडौँ — चीनको तिब्बत सरकारले नेपाललाई १५० सिलिन्डर लिक्विड अक्सिजन दिएको छ । बिहीबार बिहान तिब्बत सरकारले ल्हासामा आयोजित एक कार्यक्रमा उक्त सिलिन्डर नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरेको हो ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत ढकालले उक्त सिलिन्डर बिहीबार बिहानै नेपालका लागि हिँडेको जानकारी दिएका छन् । १५० सिलिन्डर लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका करिब ६ हजार सिलिन्डर भर्न सकिने पनि ढकालले बताएका छन् ।

त्यस्तै तिब्बत सरकारले छिट्टै २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर र १० थान कन्सनट्रेटर दिने प्रतिबद्धता जनाएको छ । तिब्बतले स्थलमार्गबाट कोरोना रोकथाम तथा नियन्त्रणका सामग्री लिएर आउने कार्गोलाई बिनारुकावट पठाउने हरसम्भव प्रयास गर्ने वचन दिएको पनि ढकालले बताए ।

त्यस्तै शानशीस्थित एक कम्पनीले दिएको ३० वटा अक्सिजन कन्सनट्रेटर शुक्रबार सिल्क ट्रान्सपोर्टमार्फत पठाइने पनि उनले जानकारी दिएका छन् । त्यस्तै तिब्बतको गुडविल फाउन्डेसनले ५० वटा अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरेको उनले बताए ।

निजी क्षेत्रबाट कोरोनासम्बन्धी सामग्री बोकेका २२ वटा गाडी तातोपानी भन्सार पुग्ने चरणमा रहेको र अक्सिजन सिलिन्डर कन्सनट्रेटरलगायतका स्वास्थ्य सामग्री बोकेका करिब १५ वटा गाडी खासा आइपुगेका छन् ।

त्यस्तै निजी क्षेत्रको एभरेस्ट ग्यासले पनि ४ हजार ५ सय वटा अक्सिजनका खाली सिलिन्डर नेपाल भित्र्याउन लागेको र ती सिलिन्डर यसै साता तिब्बत आइपुग्ने उनको भनाइ छ । विभिन्न सहयोग जुटाउन र अन्य समन्वय कार्यका लागि चीनको तिब्बत सरकारसँग महावाणिज्य दूतावास निरन्तर सम्पर्कमा रहेको पनि ढकालले बताए ।

Next Post

योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त

६ जेष्ठ २०७८, बिहीबार १२:५७
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेलसहित सदस्य डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो । पुनःनियुक्तिपश्चात आज विहिबार सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपीशर्मा ओलीसमक्ष […]