जुम्ला सदरमुकाम खलंगामा भालुको आक्रमणबाट दम्पती घाइते

  ।   २८ श्रावण २०७८, बिहीबार ०७:४९

धनबहादुर बुढा
जुम्ला साउन २८।
जुम्ला सदरमुकाम खलंगामा भालुको आक्रमणमा परेर दुई जना घाइते भएका छन । विहान साढे ४ बजे पसल खोल्न गएका दुई दम्तीलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट दैलेख जिल्ला घरभई जुम्ला सदरमुकाम खलंगामा बस्दै आएका हिमराज रोकाया र निर्मला रोकाया घाइते भएका हुन । उनीहरु सदरमुकाम खलंगाको बालमन्दिर नजिकै मोवाइइल पसल गर्दै आएका छन ।
घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । भालुको आक्रमणबाट घाइते भएका मध्ये निर्मलाको अवस्था गम्भीर भएको । हिमराजको अवस्था सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए ।
उनले भने,‘पत्नी निर्मलाको ठुलो घाउ छ । पति हिमराजको धेरै ठाउँ घाउ भएपनि सानो सानो छ । उनीहरुको उपचार भइरहेको छ । ’
भालु राति नै बजार पसेको स्थानीय बताउँछन । भालु इतिहासमै पहिलो पटक सदरमुकाम खलंगा भित्र पसेर आक्रमण गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइले भालु नियन्त्रणमा लिन चौतर्फी सुरक्षाकर्मी खटाइएको छ । भालु गएको क्षेत्रमा कडा सुरक्षा कर्मी परिचालन गरिएको बताउदै उनले घरबाहिर निस्कदा उच्च सावधानी अपनाउनको लागि आग्रह गरे ।
नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाको नेतृत्वमा विहानै देखि टोली खटिएको छ । टोलीले भालु तर्साउनको लागि अनेक काम गरिरहेको छ । दुइ वटा हवाई फायर समेत गरिएको छ । गणपति थापाले भने,‘भालु गएको हुन सक्ने संभावित सबै ठाउँमा खोजी भइरहेको छ । ’
उनले घरबाहिर निस्कदा सचेत हुनुपर्ने बताए । अहिले सदरमुकाम क्षेत्रमा भालुको खोजी कार्यका लागि नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली निस्किएको छ । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी पर्साई बिरामी भेटघाट गर्न अस्पताल पुगेकी छिन् । उनले भालुको आक्रमणबाट घाइते दुबै जनाको अवस्था बुझेकी हुन ।
अहिले भालु निस्किएको क्षेत्रमा आफै पुगेर प्रमुख जिल्ला अधिकारी पर्साइले भालुको कडा निगरानी गर्न निर्देशन दिइन। भालु सदरमुकाम खलंगामा पसेपछि स्थानीय त्रासिद छन । उनीहरुले तत्काल भालुको खोजी गरेर जुम्ला सदरमुकामलाई त्रास मुक्त बनाउन आग्रह गरेका छन । भालु कसरी बजारमा पसेको भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।
बाहिनीपति यामबहादुर सापकोटाले सयुक्त टोली परिचालन गरिएको बताए ।उनले भने,‘संभावित क्षेत्रमा टोली खटिएको छ । भालु नियन्त्रणमा लिने अधिकतम प्रयत्न भइरहेको छ । ’

Next Post

जुम्ला बजारमा आतंक मच्याउने भालुलाई गोली हानी मारियो

२८ श्रावण २०७८, बिहीबार ०७:४९
जुम्ला सदरमुकाम खलंगामा प्रवेश गरेर आतंक मच्याउने हिमाली कालो भालुलाई गोली हानी मारीएको छ । भालुलाई अधिकतम बचाउने र जंगल तिर फर्काउने प्रयत्न भएपनि भालुले आतंक मच्याउन थालेपछि गोली हानी मारिएको हो । खलंगामा हिमाली कालो भालुका आक्रमणबाट तीनजना घाइते भएका छन । जुम्लाको सदरमुकाम खलंगा बजारमा बिहिबार बिहान साढे […]