सिंजा गाउँपालिका र दुल्लु नगरपालिका बीच भगिनी सम्वन्ध स्थापना

  ।   २७ आश्विन २०८०, शनिबार ०६:५४

सिंजा गाउँपालिका जुम्ला र दुल्लु नगरपालिका दैलेख बीच भगिनी स्थापना भएको छ । ऐतिहासिक सिंजा राज्यको सितकालिन राजधानी रहेको दुल्लु नगरपालिका र सिजा गाँउपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको हो ।
संघीय भौतिक पूर्बाधारमन्त्री नन्दा चपाईको उपस्थितिमा दुल्लुका मेयर उपमेयरसँग भगिनी सम्वन्धको ऐतिहासिक निर्णय भएको सिंजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने सांस्कृतिक, असल अभ्यास आदानप्रदान गर्ने र समस्या, चुनौती साँझा चासोका विषयमा दुई पक्ष हित हुने गरी सामुहिक पहल गर्ने निर्णय भएको छ ।
दुल्लु नगरपालिका दैलेखले ऐतिहासिक सिंजा उपत्यका भ्रमणको निम्तो स्वीकार गर्दै दशैपछि सिजा भ्रमण आउने सिंजा गाउँपालिका जुम्लाले जनाएको छ ।

Next Post

कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की नियुक्त

२७ आश्विन २०८०, शनिबार ०६:५४
कोसी प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन् । शनिबार कोसी प्रदेसका प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्य मन्त्रीमा नियुक्ती गरेका हुन। बिहीबार कार्कीले एमालेका ३९ र कांग्रेसका ८जना सांसद समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका थिए।  यस अघि  कोसी प्रदेशमा केदार कार्की र माओवादी केन्द्रका इन्द्र […]

सम्बन्धित