चन्दननाथ भैरबनाथ मन्दिर क्षेत्र मनमोहक बनाउदै नेपाली सेना

  ।   ३२ श्रावण २०७८, सोमबार १९:५३

जुम्ला स्थित नेपाली सेना धार्मिक क्षेत्र संरक्षणमा जुटेको छ । प्रशिद्ध धार्मिक स्थलको सरसफाई गर्ने,मन्दिरको मर्मत संभार गर्दै धार्मिक पर्यटनको महत्वका बारेमा प्रचारप्रसारमा जुटेको हो । बाहिनीपति यामबहादुर सापकोटा कर्णाली धार्मिक पर्यटनको केन्द्र भएकोले धार्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धन बिना यहाँको आर्थिक समृद्धि नहुने बताउँछन । यो जुम्ला खलंगामा रहेको पवित्र प्रशिद्ध तिर्थ स्थल चन्दननाथ र बटुक भैरबनाथ मन्दिर कर्णालीमा मात्र प्रख्याति कमाएको मन्दिर होइन । देश विदेशमा यो मन्दिरले प्रख्याती कमाएको छ । बाहिनीपति सापकोटाले भने, कर्णालीमा अथाह धार्मिक पर्यटनका संभावना छन । यसको संरक्षण,प्रवद्र्धन र प्रचारप्रसारमा जोेड दिनुपर्छ । यहाँको धार्मिक क्षेत्र नै कर्णालीको समृद्धिको आधार बन्न सक्छ । ’


अहिले पर्यटकले चन्दननाथ मन्दिरको दर्शन गर्ने वाहनामा राराताल घुम्ने र राराताल घुम्ने वाहनामा चन्दननाथ मन्दिरको दर्शन गर्ने अभिलाषा बोकेका हुन्छन । बाहिनीपति सापकोटाले भने,’‘रारा र चन्दननाथ मन्दिरको एकआपासमा अन्यानोश्रित सम्बन्ध छ । पर्यटकीय हिसावले प्रचुर संभावना बोकेको यी क्षेत्रको संरक्षण गर्नु अनिवार्य हुन आउँछ । ’ कर्णालीमा मनमोहक दृश्य,प्राकृतिक सुन्दरता र धार्मिक धरोहर उपस्थित भएको बताउँदै धार्मिक पर्यटनलाई उचाईमा पुर्याउनको लागि धार्मिक,स्थल र हिन्दु पिठलाई माथि उठाउनु पर्नेमा जोड दिए । जसका लागि मन्दिरको सुन्दरता,सरसफाइ र मन्दिर भित्रको व्यवस्थापकीय पाटो बलियो हुन आवश्यक छ ।


सेनाले अब देखि प्रत्येक महिनाको पहिलो सोमवार धार्मिक पर्यटनको केन्द्र चन्दननाथ र बटुक भैरबनाथ मन्दिरमा सरसफाई गर्ने,लिपपोत गर्ने निर्णय गरेको छ । यो कार्यको प्रारम्भ सोमवार देखि नै शुरु भएकोछ । मन्दिर आसपासको क्षेत्रमा फुल फुलाउने,मनमोहक बनाउने र बढि भन्दा बढि तिर्थालु आउन आकर्षण गर्ने खालको गतिविधि गर्न थालेको हो । धर्मभिक्षुहरु,पुजारीहरुलाई केन्द्रीत गरेर राहतका कार्यक्रम ल्याउने पनि नेपाली सेनाले जनाएको छ । फुल फुलाउने सुन्दर र मनमोहक बनाउने, तिर्थालु आउन आकर्षण गर्ने, मदिरमा बस्ने धर्म भिक्षुहहरु,पुजारीहरुलाई राहत होस भनेर चामल,दाल,तेल,घयु,चिनी चियापति दिने कार्यको शुरुवात भइसकेको बाहिनीपति सापकोटा बताउँछन । सेनाले थालेको यो कार्य पुरा गर्न प्रतिबद्ध छौँ,बाहिनीपति सापकोटाले भने,‘सेना र नागरिक मिलेर यो कामलाई दिर्घकालिन र प्रभावकारी बनाउनुपर्छ । ’

उनले चन्दननाथ, बटुक भैरव मन्दिर, धार्मिक पिठ र राराताल कनेक्सन गरेर बढि भन्दा बढि पर्यटक आउने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए । उनले भने,‘ अनिमात्र यहाका नागरिक आर्थिक स्तर उस्कन्छ । ’मन्दिर सरसफाईमा नेपाली सेना २४ नम्बर बाहिनी र नन्दाबक्स गणको टोलीले मन्दिरको सरसफाई र सजावट गर्न थालेको हो ।
नेपाली सेनाले मन्दिरका पुजारी र मन्दिरलाई थप राहत होस भन्नका लागि २० वटा फुलको गमला,चिनी,चामल, दाल ,तेल,कम्बल सहित नगद दक्षिणा समेत प्रदान गरेको छ । नन्दाबक्स गणका गणपति रविन थापा भन्छन,‘मन्दिरमा तिर्थ यात्रीको चाप बढ्छ । यो क्षेत्र सफा हुनुपर्छ । यो क्षेत्र फोहोर हुन नदिन अब नेपाली सेनाले महिनाको पहिलो सोमबार एक दिन सरसफाईको क्रियाकलाप गर्नेछ । मन्दिरको सुन्दरता बढाउने प्रयत्न गर्नेछ । ’


अब नागरिक सेना मिलेर मन्दिर आसपासको जलाउन मिल्ने फोहोर जलाएर नष्ट गर्ने र नजल्ने फोहोरको व्यवस्थापन पनि प्रभावकारी ढंगबाट गर्नु पर्ने देखिन्छ । उनले भने,‘अनिमात्र हामी सबैको हित हुन्छ । हाम्रो धार्मिक पर्यटन क्षेत्र प्रतिको न्याय हुन्छ । नेपाली सेनाले जुम्लामा स्वास्थ्य,शिक्षा, विपद् सम्बन्धि तालिम,खेलकुद र कृषि क्षेत्रमा नागरिक संगको सम्बन्ध सुमधुर बनाउदै लगेको छ ।
जुम्ला स्थित नम्बर २४ बाहिनी अड्डा माताहतमा रहेका रारा,डोल्पा,हुम्ला र कालिकोटमा रहेका गुल्महरुले धार्मिक क्षेत्रको विकास र प्रर्वद्धनमा जोड दिदै आएका छन । रारातालको सरसफाई र सुरक्षामा नेपाली सेना नै खटिएकोछ । मन्दिरमा नियमित सोमबार सरसफाई गर्ने योजना सहित सरसफाइमा जुटेको सेनाले मन्दिरको व्यवस्थापनमा क्रियाशिल हुन चन्दननाथ भैरबनाथ गुठि समितिलाई आग्रह गरेको मेजर दिनेश न्यौपानेले जानकारी दिए ।

Next Post

बालबिवाहको उपजः एकै बर्ष ८ सय ६० बालिका गर्भवती

३२ श्रावण २०७८, सोमबार १९:५३
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको गत बर्षको तथ्यांक अनुसार जुम्लामा बालबिवाहको अवस्था निकै डर लाग्दो छ । गाउँमा बालबिवाहको कुनै तथ्यांक नभएपनि स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउने २० बर्ष मुनिका बालिकाको अवस्था हेर्ने हो भने जुम्लामा बालबिवाहको अवस्था भयाभह नै देखिन्छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार गत […]