जबर्जस्तीकरणी गरेको आरोपमा तीन जना प्रहरी नियन्त्रणमा

  ।   ११ भाद्र २०७८, शुक्रबार १८:५०

जबर्जस्तीकरणी गरेको आरोपमा जुम्लामा तीन जना पक्राउ परेका छन । जबर्जस्तीकरणी सम्बन्धि दुई मुद्धाका तीन जना आरोपी पक्राउ परेका हुन । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका ९ का २० बर्षिय विशाल सार्की, कमल सार्की र तिला–८ बस्ने २८ बर्षिय जीवन रावतलाई प्रहरीले पक्रेको हो ।
भदौ ७ गते राती ११ बजे तातोपानी गाउँपालिका –१ बाईराका की १८ बर्षीया किशोरीलाई पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएको बेला बलात्कार गरेको प्रहरी निरीक्षक तथा सुचना अधिकारी नविन थापा मगरले बताए । उनले भने,‘अभियुक्तहरु विशाल र कमलले पीडितको मोबाइल खोसेर फिर्ता दिने बहानामा बोलाएर जवरजस्तीकरणी गरेका थिए । ’
अभियुक्त दुबै जनाले पीडितको मोबाइल फिर्ता दिने बहानामा पालै पालो जवरजस्ती करणी गरेको भनी जाहेरी दर्ता भएको डिएसपी दान बहादुर थापाले बताए । ’निजहरुलाई कारवाही गरी पाऊँ भनि प्रहरी कार्यालय जुम्लामा जाहेरी परेको थियो,’ उनले भने, ’प्रहरीले जाहेरीका आधारमा निज विशाल सार्की र कमल सार्कीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।’
उनका अनुसार प्रहरीले जिल्ला अदालत जुम्लाबाट दिन ५ को म्याद थपको अनुमति लिई थप अनुसन्धान गरिरहेको छ। त्यस्तै जुम्ला प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा तिला –८ का जीवन रावतलाई प्रकाउ पनि प्रकाउ गरेको छ।
डिएसपी थापाका अनुसार तिला गाउँपालिका –६ बस्ने वर्ष ४५ की बोल्न र सुन्न नसक्ने महिलालाई जवरजस्ती करणी गरेको आरोपमा उनलाई प्रकाउ गरिएको हो।
जीवन रावतले डर त्रास देखाई भदौ ८ गते अपराह्न पाँच बजेको समयमा जबरजस्ती करणी गरेको जाहेरी प्रहरी कार्यालयमा आएको थियो,’ डिएसपी थापाले भने, ’निजलाई पनि जिल्ला अदालतबाट दिन ५ को म्याद थपको अनुमति लिई अनुसन्धान कार्य अघि बढाइएको छ।’

Next Post

कोभिडले बदलेको सशस्त्र प्रहरीको पहिचान

११ भाद्र २०७८, शुक्रबार १८:५०
एक बर्ष अघि सम्म सशस्त्र प्रहरी पोशाक देख्ने बित्तिकै नागरिक डराउँथे । सशस्त्र प्रहरी बल प्रयोग गर्न बाहेक अन्य बेला क्याम्प बाहिर निस्कदैन भन्ने मान्यता थियो । भिड नियन्त्रण गर्ने,सीमा सुरक्षामा खटिने भएकोले नागरिकबीचको सम्बन्ध खासै हुदैन थियो । तर कोभिड १९ ले सशस्त्र प्रहरीको पहिचान बदलेको छ । अहिले […]