जुम्लामा जडिबुटी संकलन गर्न गएका ५५ जना सम्पर्कविहिन, दुई जनाको मृत्यु

  ।   २३ माघ २०७८, आईतवार ०९:४९

जुम्ला,माघ २३।
विहिवार देखि परेको भारी हिमपातमा परेर जुम्लाको तातोपानी गाउँपालिका ८ टोप्ला गाउँका ५५ जना सम्पर्कविहिन छन । दुई जनाको कठ्याँग्रिएर मृत्यु भएको छ । जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा प्रवेश गरेका उनीहरु कसैको सम्पर्कमा छैनन ।
पाटनमा रहेको गाग्री ओढार र ऐडि ओढारमा बसेको हुन सक्ने अनुमान गरिएको छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले ५५ जना सम्पर्कमा नरहेको बताए । उनले भने,‘उनीहरु संग कुनै सम्पर्क हुन सकेको छैन । तर हिउँ पर्दै घर फर्केका व्यक्तिहरुले दुई ओढारमा बसिरहेको सुचना दिएका छन । सोही बमोजिम सुर्खेतबाट उद्धारका लागि हेलिकप्टर जान लागेको छ । ’ उनीहरु भोकभोकै रहेकोले सिलिण्डर,आगो,चामल,ड्राइफुट लिएर हेलिकप्टर जान लागेको छ । यो विपदको घटनामा नागरिकको समयमै उद्धार गर्न सम्बन्धित सरोकारवाला निकायालाई आग्रह गरिएको छ ।
मृतक दुई जनालाई घरमा पुर्याइसकिएको छ । गाउँमा ५५ जना हराएपछि गाउँ निकै चिन्तित छ । प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले सबै मिलेर उद्धारको आवश्यकता रहेकोमा जोड दिए । उद्धार तथा राहतमा साथ दिन सबैलाई अपिल गरेका छन ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले स्थानीयले ओढारमा सुरक्षित भएको र खाद्यन्न अभाव भएकोले पुर्याइदिन आग्रह गरेको बताइन् । उनले भनिन्,‘जसका लागि आवश्यक खाद्यन्न ल्याएर सुर्खेतबाट हेलिकप्टर उड्ने तयारीमा छन । ’
बाक्लो हिमपात भएकोले आउन सक्नु भएन । स्थानीयले सुरक्षित रुपमा बसेका छन भनेका छन । उनले भनिन्,‘हेलिकप्टर बस्न सकेको खण्डमा उद्धार हुन्छ । सहजै रुपमा बस्न नसकेको खण्डमा खाद्यन्न पुर्याएर फर्कने कार्यक्रम छ । हिउँ कम भएपछि उद्धारको काम अघि बढ्नेछ । ’ सेतक चिनी नामक जडिबुटी संकलनका लागि स्थानीय पाटन क्षेत्र पुगेका थिए ।

Next Post

हिउँमा फसेका जुम्लाबासीको उद्धार गर्न हेलिकप्टर पठाउदै कर्णाली सरकार

२३ माघ २०७८, आईतवार ०९:४९
जुम्ला,माघ २३। कर्णाली प्रदेश सरकारले जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा हिउँमा फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउन थालेको छ । विहिवार देखि परेको हिमपातका कारण जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका तातोपानी ८ का ५५ जना स्थानीय सम्पर्कविहिन छन । उनीहरु संग फोन सम्पर्क हुन सकेको छैन । स्थानीयका अनुसार पाटन […]

सम्बन्धित